Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पुष्पले छाडेपछि ‘एक्का तीन’मा भित्रिए सुशील

फिल्मीखबर, काठमाडौं, 2026/11/02

sushil shrestha

 

काठमाडौं । रुपेश तामाङको निर्देशनमा बन्न लागेको एक्सन फिल्म ‘एक्का तीन’मा मुख्य अभिनेता हेरफेर भएका छन् । गत चैतमा फिल्मको मुख्य भूमिकामा पुष्प खड्का अनुबन्धित भएका थिए । तर, निर्धारित समयमा छायांकन सुरु हुन नसकेपछि उनी सहमतिमै फिल्मबाट अलग भए । अब उनको ठाउँमा सुशील श्रेष्ठ अनुबन्धित भएका छन् ।

आइतबार सुशील र निर्देशक तामाङबीच लिखित सम्झौता भएको हो । हाल नयाँ फिल्म ‘साम्राज्य’को छायांकनमा व्यस्त रहेका सुशीलले त्यसपछि ‘एक्का तीन’लाई समय दिने जनाइएको छ । फिल्ममा उनीसँगै पूजा शर्मा र कविता नेपालीको पनि अभिनय रहनेछ । उनको जोडी कोसँग बन्नेछ भन्नेबारे निर्माण पक्षले जानकारी दिएको छैन ।


दुई श्रृंखलामा निर्माण हुने यस फिल्ममा सुमन गजमेरको पटकथा तथा संवाद लेखन छ । सुमनले यसअघि ‘रंगी’ लेखेका थिए । फिल्मको निर्मातामा रामकृष्ण खरेल र अनुप गदाल रहेका छन् । जुना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन मंसिरको पहिलो साताबाट सुरु हुने जनाइएको छ । फिल्मलाई सन् २०२७ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।