Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वर्गीय भुटानीलाई उचित सम्मान दिनु पर्ने कलाकारहरूको माग

फिल्मीखबर, काठमाण्डौ, 2010/12/05

गएको मंसिर ७ गते निधन भएका द्धन्द पिता गोपाल भुटानीको दीर्घकालिन सम्झनाका लागि राज्यले  उनलाई उचित सम्मान दिनु पर्ने माग गरेका छन् ।

आईतबार भुटानीको तेह्रौ पुण्य तिथिको अवसरमा चलचित्र द्धन्द कलाकारसंघले आयोजना गरेको श्रदाञ्जली कार्यक्रममा उपस्थित अधिकाशं कलाकाहरूले नेपालमा द्धन्द कला भित्राउने पिता भुटानीलाई सम्मान गर्ने हो भने स्मारक र उनको नाममा राष्ट्रिय पुरस्कार घोषणा गर्न नेपाल सरकार अर्न्तगतको चलचित्र बिकास बोर्डसँग जोडदार माग गरेका छन् ।

श्रद्धाञ्जली सभामा त्यस्तो माग भएपछी विकास बोर्डका अध्यक्ष अमर राज गिरीले कलाकारहरूको मागलाई सकारात्मकको साथ आफूले  लिएको बताएका छन् । अन्तिम इच्छा नागरिकता प्राप्ती विना देह त्याग गरेको भुटानीलाई सरकारले आफ्नो कर्तब्य ठान्दै मरणोपरान्त भएपनि नागरिकता दिनु पर्ने अध्यक्ष गिरीको भनाई थियो । यस्तै कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष केपी पाठकले भुटानीको निधन पछी नागरिकताको कुनै अर्थ नभएको भन्दै भुटानीको नाममा सम्मानित रूपले  कुनै पुरस्कारको घोषणा गरिए उनी प्रति सच्चा श्रद्धाञ्जली हुने बाताएका छन् ।

 

यस्तै श्रद्धाञ्जली शब्द अर्पण गर्दै डीसीएन महाप्रवन्ध अशोक शर्माले सरकारले एक हप्ता भित्र सम्मान स्वरूप भुटानीको नाममा नागरिकता दिए उसका केही गल्तीहरूलाई अझै माफ गर्न सकिने बताएका छन् । यस्तै चलचित्र द्धन्द कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठले फिल्मी उद्योगमा एक जुटको कमीले भुटानीले नागरिकता पाउन नसकेको भन्दै प्रत्येक बर्ष भुटानीको नाममा आफ्नो संस्थाको तर्फबाट द्धन्द श्री पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।  यदि विकास बोर्डले केही जग्गा उपलब्ध गराईदिएको भुटानीको शालिक निर्माणको कार्य पनि द्धन्द कलाकार संघले तुरून्त सुरू गर्ने उनको भनाई थियो ।



श्रद्धाञ्जलीका लागि करिब ५ सय कलाकारहरूलाई बोलाईएता पनि कलाकारहरूको उपस्थिति भने निकै कम थियो । उक्त श्रद्धाञ्जली कार्यक्रममा चलचित्र संघमा उपाध्यक्ष एवं निर्माता प्रदिप उदय, प्राविधिक संघका अध्यक्ष सन्तु तामाङ, निर्देशक किशोर राना, लक्ष्मी नाथ शर्मा, कलाकार  बसुन्धरा भुसाल, युवराज लामा, दीपकराज गिरी, मोहन निरौला, सञ्चारकर्मीको तर्फबाट चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय लगायत केहीले भुटानी प्रति श्रद्धाञ्जली शब्द अर्पण गर्दै उनको नाममा केही  गरेका थिए ।



यस्तै अन्य कलाकारहरू भुवन चन्द, धिरेन शाक्य निर्देशक योगेश घिमिरे , दिनेश डीसी निर्माता प्रज्ञा जोशी, दिपाश्री निरौला, निर्मल शर्मा लगायतले भुटानीको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका थिए । 

Most Visited News (monthly)