Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रशान्तको आँखामा आँशु

फिल्मीखबर, काठमाण्डौ, 2010/11/19

निर्माता सुरज बंशल (जीतु) र निर्देशक नारायण रायमाझीले गायक प्रशान्त तामाङलाई 'गोर्खा पल्टन'  फिल्म खेल्ने प्रस्ताव गर्दा तामाङ  पहिलो पटक नर्भस भएका थिए । गायक तामाङलाई एकाएक नायक बन्ने प्रस्ताव आएपछी उनी त्यो समय आत्तिए पनि । कथाले मागे अनुसारको अभिनय गर्न सक्छु वा सक्दिन भन्ने डर उनलाई निकै लागि रहेको थियो तर इन्डियन आईडियल बन्ने समयमा नेपालीहरूबाट पाएको अपार मायाको कारण तामाङले त्यो प्रस्तावलाई सजिलै स्वीकार गरे र गायकसंगै नायकको छवि पनि बनाए । 



निर्देशकको आग्रह बमोजिम तामाङले सजिलैसंग भने जस्तो अभिनय पनि गरे । एक दिन, दुई दिन भन्दा भन्दै फिल्म पनि रिलिज भयो । रिलिजसंगै देश दौडाहामा निस्किएका प्रशान्तले अभिनयकै कारण धेरै दर्शकबाट सम्मानित हुने मौका पानि पाए ।  तर त्यो सम्मानले उनलाई मायाको ऋण लगाएछ ।



देश दौडाहापछी शुक्रबार साँझ राजधानीमा आयोजित चलचित्र  'गोर्खा पल्टन' को प्रेस शोमा भक्कानिदै उनी भन्दै थिए  'म आज दोस्रो पटक नर्भस भए ।'  नर्भस भएपछी आँखाभरी आशुका ठूला धारा बगाउदै उनले आफूलाई माया गर्ने सम्पूर्ण दर्शकलाई धन्यवाद दिनुको साथै आफ्नो कारणबाट मात्र फिल्म हिट नभएको समेत स्पष्ट पारे ।  रोईरहेको अवस्थामा उनले भन्दै थिए 'मेरो कारणले मात्र दर्शक फिल्म हेर्न हल जान्छ भन्ने हैन यो त पूरा टिमको मिहिनेत हो ।' 



स्टेजमा उनी रूँदा बालाजु स्थित अष्टनारयण हल पुगेका केही कलाकार दर्शक र सञ्चारकर्मीसमेत स्तब्ध बनेका थिए । प्रशान्त रूँदा निर्माता सुरज बंशलको आँखाबाट समेत आँशु झरेको थियो । आफ्नो आँखाको आँशुलाई कुनै प्रवाह नगर्दै सुरजले प्रशान्तलाई नियन्त्रण गर्ने प्रयास गरे तर  प्रशान्तको आँखाबाट निस्किएका आँशु  भने थामिएन ।


आफ्नो रूवाईले अरूलाई समेत रून बाध्य बनाएका प्रशान्तले फेरी आफुलाई सम्हाल्दै गीत गाए र केही कलाकारलाई समेत नचाए र आफुलाई आर्शिवाद दिन सबैसंग आग्रह पनि गरे ।

Most Visited News (monthly)