Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ट्राफिक जाम कम गर्दै दिलिप

फिल्मीखबर, काठमाण्डौ, 2010/11/11

काठमाण्डौको ट्राफिक जाम देखि नायक दिलिप रायमाझीलाई धेरै टेनशन भएछ । उनलाई न रातमा निद्रा लाग्छ न दिनमा भोक । त्यसैले उनले एउटा उपाय सोचे छन ट्राफिक जाम कम गर्ने ।



कसरी गर्ने त ट्राफिक जाम कम ?  धेरै घोरिए उनी अनि आफ्नो योजना फिल्मीखबरलाई सुनाउन थाले । उनले तयार गरेको जाम नियन्त्रण योजना पनि गजबको रहेछ । लण्डन र अमेरिकाको उदाहरण दिदै उनले भने 'काठमाण्डौका करिब दर्जन नाकामा कडा सुरक्षा साथमा महंगो फाईन योजना लगाए आफै कम हुन्छ यो समस्या ।' 



अव्यवस्थित पार्किङ्ग, धेरै गाडी र साघुरो बाटोले आफ्नो दिमाग खराब भएको भन्दै दिलिप भन्छन्, 'यहिँ हाल हुने हो भने गाडीकै कारण ठप्प हुन्छ राजधानी ।' आफ्नै लगानीमा मिस यू को छायाकंनमा व्यस्त रहेका दिलिपलाई फिल्मको भन्दा बढी टेनशन ट्राफिक जामको हुन थालेछ । नेताहरूसंग मुर्मुरिदै उनी भन्दै थिए 'यो सव नेताहरूले गर्दा भएको हो ।' 



बृहत रूपमा आफुले तयार गरेको जाम नियन्त्रण योजनालाई उनले ट्राफिक व्यवस्थापन महाशाखामा चाडै नै प्रस्तुत गर्न लागेका छन् । यध्पी सवै भन्दा कडा ट्राफिकले परिचित ट्राफिक निरिक्षक सिताराम हाच्छेतुलाई सो योजना सुम्पिन पाए आफु ढुक्क हुने दिलिप बताउछन् ।



विना खर्चको यो योजना लागु भए पूर्ण रूपमा काठमाण्डौको जाम नियन्त्रण हुने दिलिपको विश्वास छ । हेरौ दिलिपले कहिले सम्म त्यो योजना सम्बन्धीत पक्षलाई बुझाउछन र ट्राफिक जाम नियन्त्रण गर्छन ।





 

Most Visited News (monthly)