मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

६५ किलोकी झरना

विजय आवाज, काठमाण्डौ, 2010/10/25

नायक गोविन्द शाहीले नायिका झरना थापालाई आफ्नो तिघ्रामा वोक्नुपर्ने थियो । तिघ्रामा राखेर अंगालीनुपर्ने भएकाले शाही थोरै लजाएका झै देखिन्थ्ये ।

 नृत्य निर्देशक कविराज गहतराजले जव याक्सन वोले, नेपथ्यमा चलचित्रको गित वज्न थाल्यो । नायिका नायकको तिघ्रामा आएर वस्न खोजीन् ।   तिघ्रामा वस्ने वितीकै नायकको खुट्टाले नधानेजस्तो भयो र गोविन्दको  खुट्टा लरखरायो । वारम्वार गोविन्दले नायिका झरना थापालाई आफ्नो तिघ्रामा राख्न नसकेपछि उनीहरुले थुप्रै टेक खाए ।

 यसरी, गोविन्द भन्दा निक्कै कम तौल जस्तो देखिने नायिका  झरना थापालाई वोक्न नसकेपछि नायक शाहीलाई पनि लाज भएछ क्यारे । उनले झरनालाई तपाई त कत्ति मोटी हो भन्दै जिस्काउन थाले । झरनाले पनि गोविन्दलाई आफू वोक्न नसक्ने, अर्कालाई मोटी भन्ने भन्दै जवाफ फर्काईन् । यसपछि गोविन्दले नायिका  झरनालाई तपाई त ६५ किलोको हो भनेर सोधे ।

वारम्वारको सोधाईपछि झरनाले पनि आफू ६५ किलोको हो  भनेर जवाफ दिईन् । नायिकाको जवाफ पाएपछि नायकले यस्तो ६५ किलोकी नायिकालाई म कसरी धान्न सक्छु त भनेर जिस्काउन थाले । लामो समयको जिस्काईपछि नायिका झरना थापाको नाम नै ६५ किलोकी झरना रहन गयो छायाकन स्थलमा ।

चलचित्र संसार आफ्नैको छायांकन स्थलमा देखिएको यो रमाईलो संवादले केही समय रोमाञ्चित वनाएको थियो । नायक गोवीन्द शाहीले झरनालाई ६५ किलोको हो भनेर सोध्नुको पनि आफ्नै कारण रहेछ । गोविन्द आफू स्वयंम ६५ किलोका रहेछन्, यसैले उनले नायिका  थापालाई ६५ किलोको हो भनेर सोधेका रहेछन् । आफू नायिकालाई वोक्न नसक्ने अनि लाज भएपछि भरनालाई पनि आफ्नो तौल वरावरको वनाईदिने नायक गोविन्द शाहीको यो आईडियालाई पनि मान्नै पर्छ ।

गोविन्द जी, हिरो त्यतीकै वन्न पाईन्छ, पातली झरनालाई त वोक्न सक्नुभएन । भोली उनी भन्दा पनि मोटी नायिका  परीन् भने के गर्नुहुन्छ  ?  विचरा झरना थापा, कत्ति दुख गरेर वनाएको ज्यानलाई नायकले ६५ किलोको वनाईदिदा निक्कै चिन्तीत भएकी थिईन् । तर, नायकले भनेजस्तै झरनाको तौल ६५ किलोकै नहोस् । फेरी गोविन्द शाहीले मात्र होईन सवैले ६५ किलोकी झरना भन्न थाले भने, के गर्नु हुन्छ ?  त्यसैले झरना जी  वेलैमा होस पुर्‍याउनु होला ।