मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'गोर्खा पल्टन' उत्कृष्ट भएको दाबी

फिल्मीखबर, काठमाण्डौ, 2010/10/25

नेपाली भाषी इन्डियन आइडियल  प्रशान्त तामाङ्गलाई हिरोको रूपमा प्रस्तुत गरिएको चलचित्र 'गोर्खा पल्टन'  उत्कृष्ट भएको निर्माण पक्षले दाबी गरेको छ ।


आगामी कात्तिक १९ गते देखि देशव्यापी प्रदर्शनमा आउन लागेको सो चलचित्र  बारे सोमाबर राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा निर्माण पक्षले  फिल्म उत्कृष्ट भएको दाबी गरेको हो ।
मुभिज डट कमको ब्यानरमा दोस्रो पटक निर्माण भएको उक्त चलचित्रलाई नारायण रायमाझीले निर्देशन गरेका हुन । पहिलो पटक चलचित्र निर्देशन गरेका रायमाझीले फिल्मलाई उत्कृष्ट  बनाउन कुनै कुरामा कन्जुसाइ  नगरेको स्पष्ट पारेका छन् ।



 यस्तै सो चलचित्रका निर्माता राजेश बंशलले लाहुरेको कथालाई पूर्णतया नेपाली शैलीमा निर्देशकले उत्कृष्ट ढङ्गमा प्रस्तुत गरेकाले गोर्खा पल्टनबाट आफु निकै आशावादी रहेको बताएका छन् ।  गायकबाट नायकको परिचय बनाउदै गरेका आईडियल तामाङले 'सुरूमा सो चलचत्रि खेल्ने प्रस्तावले आफु अचम्मित भएको तर पछी आफ्नै कथा स्क्रिप्टमा भेटेकाले हिरो बन्न तयार रहेको  बताए ।


गीत गाउँदा जसरी मिहिनेत गरेको छु त्यसरी नै अभिनयमा पनि मिहिनेत गरेकाले चलचित्र राम्रो भएको उनको भनाई थियो । गोर्खा पल्टन बाहे अन्य दुई चलचित्रमा अभिनय गरिसेका तामाङले गायन पेशालाई कहिल्यै नत्याग्ने बताउदै अभिनयका लगि थप  प्रस्ताव आए आफु तयार रहेको बताएका छन् । सो चलचित्रमा प्रशान्तले तीन वटा गीत पनि गाएका छन् ।


पूरानो शैलीमा आधारित भएर पाल्पाको विभिन्न स्थानमा छायाकंन गरिएको सो चलचित्रमा शिर्षक अनुसार युद्धमा बहादुरी प्रदर्शन गरी देशको गरिमा बढाउने गोर्खाली सैनिकको कथा समेटिएको छ ।  विवि अनुरागीको संगीत, शिव ढकालको छायाकंन तथा अष्ट महर्जनको द्धन्द्ध रहेको सो चलचित्रमा प्रशान्त तामाङका अलवा रञ्जिता गुरूङ, सोनिया केसी, सुनिल थापा, कविता आले लगायतले अभिनय गरेका छन् ।