Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

३५ बर्षपछी चैत्यदेबी नेपालमा

फिल्मीखबर, काठमाण्डौ, 2010/10/11

नेपालको पहिलो चलचित्र 'आमा' को मुख्य चरित्र अभिनेत्री तथा पहिलो रंगीन चलचित्र  'कुमारी' को मुख्य नायिका चैत्य देवी सिहँ ३५ बर्षपछी नेपाल फर्किएकी छिन् ।



एक महिना अघि नेपाल फर्किएकी चैत्य देवी सोमबार  एउटा सार्वजनिक कार्यक्रममा भेटिइन् जहाँ दशैको शुभकामना सन्देश साटासाट कार्यक्रम थियो । ओस्कार कलेज आफ फिल्म स्टडीजको प्राङगणमा भेटिएकी चैत्य देवीले ३५ बर्ष
पछीको यो दशै मात्र आफ्नो लागि भएको जस्तो अनुभव साटिन ।


सात भाषा बोल्न जान्ने ६० बर्षीय चैत्यदेवीले १५ बर्षको उमेरमा 'आमा' भन्ने चलचित्रमा मुख्य चरित्र अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् । त्यसपछी उनले नेपालको पहिलो रंगीन चलचित्र 'कुमारी' मा सल्यान केसीको पेयर भएर नायिकाको परिचय बनाएकी थिईन् ।



नेपालको पहिलो एक्टिङ ग्रयाजुएट समेत रहेकी चत्यदेवीको माइती घर काठमाण्डौको बालाजुमा छ भने  उनको श्रीमानको घर जापानमा छ । जापानी नागरिकको श्रीमती चैत्यदेवीले ३५ बर्षछी दशै र तिहार  मान्न पाउँदा निकै खुशी लागेको बताईन् । यस अघिका दशैमा उनी नेपाली राजुतावासमा गएर अन्य नेपालीको हातबाट दशैको टिका लगाउने गरेको बताईन् । तपाई अब नेपाली चलचित्रमा खेल्नु हुन्छ कि खेल्नु हुन्न भन्ने फिल्मीखबरको प्रश्नमा उनले जवाफ दिईन "मलाई कसैले सुहाउदो रोल दिए सोच्ने छु ।"



चरित्र अभिनेत्री, नायिका तथा साहायक निर्देशक समेत रहेकी चैत्य देवीले बाघ निर्देशक प्रकाश थापाको निर्देशनमा बनेको चलचित्र 'जीवन रेखा' मा सहायक  निर्देशक भएर ७ बर्ष काम गरेकी  थिइन् ।  तीन दशकपछी माइती देश फर्किएकी चैत्यदेवी  केही महिनाको  नेपाल बसाईपछी पुनः  श्रीमानको देश फर्कने छिन् ।

Most Visited News (monthly)