मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

असोज ८ गते भूल भए माफ गर

फिल्मीखबर, काठमाण्डौ, 2010/09/19

नायक सुरज आरडीले निर्माण गरेको चलचित्र 'भूल भए माफ गर' असोज ८ गतेबाट राजधानी बाहिरका हलहरूमा प्रदर्शन हुने भएको छ । आफ्नो पहिलो चलचित्रबाट असफल निर्माता भएका सुरज अहिले दोस्रो चलचित्रको पब्लिसिटी र रिलिजको दौडधुपमा लागी परेका छन् ।

 

अहिले यि निर्माता निकै टेन्सनमा छन् कारण चलचित्रका निर्देशक सुरेशदर्पण र नायक निखिल उप्रेती बिदेशमा छन् भने नायिका मेलिना मानन्धर दुई जीउकी भएर घरमा बसेकी छिन् । त्यसैगरी अर्की नायिका नन्दिता केसी चलचित्र 'मालतीको भट्टी' को छायाँकनमा व्यस्त छिन् । चलचित्रको प्रदर्शन मिती नजिकिंदै जाँदा आफ्नो टिमका सदस्य कोही नभएपछि  आफूलाई चलचित्रको पब्लिसिटी गर्न निकै गार्‍हो भएको निर्माता सुरज बताउँछन् ।
 

 

चलचित्रमा निखिल उप्रेती, सुरज आरडी, मेलिना मानन्धर, नन्दिता केसी, सञ्जु परियार, गणेश उप्रेती, सुनीलदत्त पाण्डेलगायतका कलाकारहरूले अभिनय गरेका छन् । एनबी महर्जनको द्वन्द, हरी हुमागाईंको छायाँकन, ताराप्रकाश लिम्बुको संगीत रहेको यस चलचित्रको अधिकांश भागको छायाँकन पोखरमा गरिएको छ ।