मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दमौलीमा पलपलमा

कृष्ण न्यौपाने, दमौली, 2010/09/19

उकेश दाहालको निर्देशन र हरिहर आचार्यको निर्माणमा बनेको चलचित्र पलपलमा शनिबारदेखि दमौलीको उत्तरशीला चलचित्र मन्दिरमा प्रदर्शन भएको छ ।

 

यस अगाडि प्रर्दशन भएका चलचित्र हलमा राम्रो व्यापार गर्न सफल यस चलचित्रलाई सेन्सर बोर्डले १६ वर्षभन्दा मुनिकालाई हेर्न नमिल्ने गरी प्रदर्शनको अनुमति दिएको छ । तर  चलचित्रमा एडल्ट सर्टिफिकेट दिईहाल्नु पर्ने कुनै पनि त्यस्ता दृश्यहरू देखिंदैन र पनि चलचित्रले उठाउन खोजेको बिषय बस्तु राम्रो मानिएको छ । जसले गर्दा दर्शकहरूले चलचित्रलाई मन पराएका छन् ।

 


१६ देखि ३५ वर्ष उमेर समूहका वयस्कमा यौनका कारण देखापर्ने केहि त्यस्ता अप्ठ्यारा र असजिला अवस्था चलचित्रमा देख्न पाइनेछ । पृथक कथामा निर्माण गरिएकोले पनि यो चलचित्र हेर्न दमौलीका दर्शक निकै आतुर भएको उत्तरशिला चलचित्र मन्दिरका व्यवस्थापक प्रमोद पाण्डेले बताएका छन् ।

 

चलचित्रमा द्वन्द्व भने छैन जसले एक्सन फिल्म हेर्ने दर्शकहरुलाई खल्लो हुन सक्छ । चलचित्रमा रमित ढुङ्गाना, दिलीप रायमाझी, सुमन सिंह, विक्रान्त बस्नेत, दिलिप गौतम, रुपा राना, सुजाता सिटौला, उषा पौडेल, शशी खड्का आदि कलाकारहरुको अभियन रहेको छ ।