मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गीत रेकर्डिङमा 'मेरो जीवन साथी'

फिल्मीखबर, काठमाण्डौ, 2010/09/19

तिहारपछी छायाकंनको तयारीमा रहेको चलचित्र 'मेरो जीवन साथी' को अहिले राजधानीमा गीत रेकर्डिङ कार्य भईरहेको छ ।

 


आईतबार काठमाण्डौको नक्साल स्थित पर्पल स्टूडियोमा चलचित्रका पाँच मध्ये दुई गीत रेकर्ड गरिएको छ ।  संगीतकार अर्जुन पोखरेलको संगीत रहेको ती गीतलाई गायक दाजुभाई द्वय सत्य-स्वरूप आचार्यले गाएका थिए । यस्तै अन्य गीतमा अन्जु पन्त, प्रविशा अधिकारी र प्रमोद खरेलको स्वर रहने  निर्माण पक्षले जनाएको छ ।



टण्डन मोसन पिर्क्र्सचसको ब्यानरमा जीवन टण्डनले निर्माण गर्न लागेको सो चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गर्दैछन् । चलचित्रमा निर्देशक भट्टराईको पनि संगीत रहने छ । छायाकंन मिति करिब तय भईसकेपनि मुख्य कलाकारको छनौट भने केही दिनमा टुङ्गो लाग्ने जानकारी दिइएको छ ।