मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हस्तक्षेपका बाबजुद फिल्म फियष्टा सञ्चालन हुने

फिल्मीखबर, काठमाण्डौ, 2010/09/19

महोत्सव भईरहेको अवस्थामा बर्ड फिल्म फियष्टालाई सेन्सरबोर्डले रोकेपछी आक्रोसित बनेको क्रिएटिभ इन्टरनेशनल प्रोडक्सन (किपा) ले सेन्सरबोर्डको  हस्तक्षेपलाई वेवास्था गर्दै कार्याक्रम पुन सञ्चालन गर्ने निर्णय  गरेको छ ।

अन्तराष्ट्रिय नियम अनुसार महोत्सवमा देखाईने चलचित्रहरूलाई  सेन्सर विना प्रदर्शन  गर्न पाउने अधिकार रहेकाले सोही नियमलाई आधार बनाउदै किपाले फियष्टलाई पुन सञ्चालन गर्ने निर्णय गरेको हो ।
फियष्टा आगामी असोज १० र ११ गते पुरानो बानेश्वर स्थित गुरूकुलको हलमा  सञ्चालन हुने बताईएको छ ।

यस अघि गएको भदौ २१ गते देखि २४ गते सम्मको लागि तय गरिएको फियष्टालाई सेन्सरबोर्डले हस्तक्षेप गरी स्थगित गरिदिएको थियो ।  प्रतिष्पर्धा र गैर प्रतिष्पर्धा गरी जम्मा ४४ चलचित्र समावेश गरिएको फियष्टामा २० चलचित्र प्रदर्शन   गरिसकिएको छ । बाकी २४ वटा चलचित्रलाई गुरूकुलमा १० र ११ गते पुन देखाईने आयोजकले जानकारी दिएको छ ।