म्यूजिक भिडियो निर्देशक प्रशन्न पौडेलले पहिलो पटक निर्देशन गरेको चलचित्र स्वरमा कुनै दर्शकले कपि भेटे त्यो दर्शकलाई पुरस्कार दिने निर्देशक पौडेलले फिल्मीखबर समक्ष घोषणा गरेका छन् ।
फिल्मीखबरसंग कुरा गर्दै पौडेलले 'चलचित्रका कुनै पनि सिन विदेशी चलचित्रबाट कपि गरिएको हो भनी कसैले दाबी गर्छ त्यो दर्शकलाई आफु पुरस्कार दिने तयार रहेको' बताएका हुन ।
प्रदर्शनको लागि एक महिने पालो कुरेर बसको सो चलचित्र छुट्टै फ्लेवरको समेत रहेको उनको भनाई छ । बाबु आमाको सपना एकातिर र सन्तानको रहर अर्का तिर हुदा उत्पन्न हुने समस्या र त्यसबाट लिनु पर्ने शिक्षालाई म्यूजिकल फ्यामेली ड्रामा शैलीमा प्रस्तुत गरिएको भन्दै निर्देशक पौडेलले आफ्नो चलचित्र उत्कृष्ट हुने घुमारो संकेत समेत गरेका छन् ।
२ घण्टा ३ मिनेटको सो चलचित्रका हरेक दृश्य, सिचुएसनल रहेको भन्दै पौडेलले यो चलचित्रबाट नेपाली सिनेमाले एक फड्को मार्ने विश्वास समेत व्यक्त गरेका छन् । हाल सम्म २ सय ५० वटा व्यावसायिक म्यूजिक भिडियो निर्देशन गरेका प्रशन्नको अधिकाशं म्यूजिक भिडियोलाई दर्शकले रूचाएका छन् ।
एमआरएस मुभिस प्रोडक्सनको ब्यानरमा युवा कथालाई आधार बनाएर निर्माण गरिएको सो चलचित्रमा एक जना प्राविधिक र दुई जना कलाकार बाहेक अन्य सवै ३० बर्षमुनिका रहेका छन् । युवा सोचमा निर्माण भएको सो चलचित्रको सुटिङ २७ दिनमा सकिएको थियो ।
राजबल्लभ कोइराला, केकी अधिकारी, रिमा विश्वकर्मा लगायतको अभिनय रहेको सो चलचित्रमा ७ वटा गीत समावेश गरिएका छन् । चलचित्र के कस्तो छ त्यो त फिल्म हेरिसकेपछी थाहाँ हुने कुरा हो तर निर्देशकले ठोकुवाका साथ चलचित्र कहि कतैबाट कपि नभएको र उत्कृष्ट भएको घुमाउरो संकेत गर्नुले चलचित्र आफैमा महत्वकाक्षी बनेको अनुमान लगाउन सकिन्छ ।
मिति : २०८० चैत्र १६, शुक्रवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
'स्वर'मा कपि भेटिए पुरस्कार
फिल्मीखबर, काठमाण्डौ, 2010/09/19
- ‘ईश्वर’ पोस्टरमा घाइते अनु र रिसाहा पृथ्वी
- ‘लण्डन टू पेरिस’ पोस्टरमा कबीर र गरिमा रोमान्टिक
- ट्रेलरको संवादले चर्चामा ‘डिग्री माइला’
- क्यूएफएक्सले गर्यो ‘महाजात्रा’लाई ‘सुपरहिट’ घोषणा
- ‘बलिदान’मा नीतिको सम्भावना कति ?
- गोलरक्षक एञ्जिलाको जीवन प्रेरित ‘अञ्जिला’ आगामी वर्षको माघमा
- यो हो संसारकै लामो फिल्म, जसको लम्बाई छ ८७ घण्टा
- फागुनका ६ फिल्म : ‘अगस्त्य’ औसत, अरु डुबे
- बैशाख ६ देखि रामेछापमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने
- ‘बाटो’का निर्माताले किन हाले अशोक शर्माविरुद्ध उजुरी ?