मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नम्रता चढेको डुङ्गा पल्टियो

फिल्मीखबर, काठमाण्डौ, 2010/09/18

मलेसियाको समुद्रमा चलचित्र मिस यू को छायाकंन भइरहेको अवस्थामा नायिका नम्रता श्रेष्ठ, नायक दिलीप रायमाझी र बरूण राणा चढेको डुङ्गा पल्टिएको जानकारी प्राप्त भएको छ ।



सोही चलचित्रका निर्देशक सुरेश दर्पण पोखरेलले फिल्मीखबरलाई दिएको जानकारी अनुसार शनिबार मलेसियाको पेनाङ्ग स्थित बाटुफिरङ्गी समुद्री तटमा छायाकंन भइरहेको अवस्थामा डुङ्गा दुर्घटना भएको थियो । मोटरबोट प्रतियोगिताको छायाकंन गरिरहेका अवस्थामा नायक बरूणले चलाएको डुङ्गा पल्टिदा दिलीपसंगै नम्रता पनि समुद्रमा डुब्न पुगेकी थिइन् ।



छायाकंन गर्दा लाईफ ज्याकेटको प्रयोग गरिएकाले कलाकारहरू सुरक्षित रहेको पोखरेलले जानकारी दिएका छन् । छायाकंन भएको एक मिनेट भित्रै भएको सो दुर्घटनाले आफुहरू एक छिन बिचलित समेत भएको पोखरलले बताए ।



'धन्न ठूलो दुर्घटना हुन पाएन' निर्देशक पोखरेलले भने । तर नायिका नम्रतालाई पौडिन नआएका कारण उनले केही पानी भने खाएको पोखरेलको भनाई थियो । नम्रतासंगै समुद्रमा डुब्न पुगेका नायक दीलीप रायमाझीले नम्रतालाई बोकेर किनारामा ल्याएका थिए ।



नायक दिलीप रायमाझीको निर्माणमा बनेको सो चलचित्रको ६० प्रतिशत छायाकंन मलेसियामा गरिने तालिका छ । २० दिन अघि मलेसिया गएको मिस यू को टोली सुटिङ्ग सकेर एक साता भित्र नेपाल र्फकने तयारीमा जुटेको छ ।