मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सभासदका छोरा नायक

फिल्मीखबर, काठमाण्डौ, 2010/09/18

चुरेभावर राष्ट्रिय पार्टीका  एक मात्र सभासद केशव मैनालीका कान्छा छोरा सुशाङ्ख मैनाली  नायक बन्ने भएका छन् ।

 रामराजा दाहालको निर्देशनमा बन्न लागेको चलचित्र 'बटालियन फाईभ' मा अन्य तीन नायक भुवन केसी, आयुष रिजाल आदित्य बुढाथोकीसंगै उनी आर्मी अफिसरको रोलमा देखा पर्दैछन् । यस्तै शिर्षक अनुसार चलचित्रलाई बटालियन फाईभ बनाउन चार नायकसंगै  नायिका अरूणिमा लम्साल पनि आर्मीको रोलमा देखिदैछिन् ।

२०६० सालमा नेपाल टेलिभिजनबाट अन एयर भएको टेलिचलचित्र 'गहना'मा पहिलो पटक अभिनय गरेको सुशाङ्खले अन एयर हुन बाकी अर्को टेलिचलचित्र 'अधुरोमाया'मा मुख्य भूमिकामा  देखिदैछन् । सो टेलिचलचित्र केही महिना भित्रै नेपाल टेलिभिजनबाट प्रसारणमा आउदै छ ।

बाबु राजनीतिमा छोरा किन कलाकारितामा भन्ने फिल्मीखबरको प्रश्नमा ३० बर्षे विबाहित सुशाङ्खले भने 'अभिनयमा सानै देखिको इच्छा भएकाले यो क्षेत्र रोजेको हु, सफल हुनलाई राजनीतिनै गर्नु पर्छ भन्ने छैन् ।'   यस्तै आफ्नो पारिवारिक पृष्ठभूमि समेत कलाकारिता भएकाले यो क्षेत्रमा आउन आफुलाई रहर लागेको उनको भनाई थियो । यस्तै सुशाङ्खले  एक समयका बरिष्ठ कलाकार पवन मैनाली आफ्नो  ठुलो बुवाको छोरा भएकालेपनि कलाकारिता  क्षेत्रमा आफु  प्रवेश गरेको बताए । उनको ९ बर्षीय छोरा समारोह मैनाली पनि कलाकार नै हुन् ।

जननी इन्टरटेनमेन्टको ब्यानरमा पहिलो पटक निर्माण हुन लागेको सो चलचित्रको निर्माता जिना श्रेष्ठ हुन ।  सो चलचित्र छायाकंन आगामी कत्तिकको अन्तिम हप्ताबाट सुरू हुने निर्देशक रामराजा दाहालले जानकारी दिएका छन् ।