मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१०० कुर्दै अशोक

फिल्मीखबर, काठमाण्डौ, 2010/09/18

निर्माता तथा निर्देशक अशोक शर्मालाई चिन्ने र भेट्ने जति प्राय सबैले फिल्म कहिले बनाउने भनेर सोध्ने गर्छन ?  कोहीले त उनलाई चलचित्र बनाउने पेशाबाट  हात धुनु भयो कि क्याहो पनि भन्न छुटाउदैनन्  ।



३० बर्षको  चलचित्र करियरमा एक दशक निर्माता र निर्देशक भएर चिनिएका अशोक आखिर किन चलचित्र बनाउदैनन् त ?  २०४९ सालमा ट्रक ड्राइभरबाट निर्माताको रूपमा सुरू भएको उनको यात्रा सिता, गरिब, निरमाया, मिस्टर रामकृष्णे, यो मायाको सागर हुदै २०६१ सालमा आएर चलचित्र मितिनिमा ब्रेक भएको थियो । मितिनि पछी उनले कुनै चलचित्र निर्माण गरेका छैनन् । 



आखिर  किन, अशोक टाढिदैछन् त फिल्मी दुनियाबाट ?  कारण रहेछ उनलाई त्यो संख्याको पर्खाई । हाल डिजिटल फर्म्याटमा फिल्म वितरण गर्ने संस्था डिजिटल सिनेमा नेपालका प्रबन्धक भएर दिन विताई रहेका अशोक १०० कहिले पुग्छ भनेर औला भाचिरहेका छन् ।


२०६४ साल बैशाख २ गते स्थापना भएको डिसिएनको नेटवर्क अर्न्तगत देशभरि ६९ वटा हल रहेकाले जव त्यो नेटवर्कको  संख्या १०० पुग्छ तब उनले आफ्नो नवौँ  प्रोजेक्टको चलचित्र बनाउने घोषणा गर्ने बताएका छन् । फिल्मीखबरसंग कुरा गर्दै उनले भने ' जव त्यो संख्या १००  पुग्छ म तुरून्त चलचित्र निर्माण गर्छु । '



अशोकको बाचा अनुसार सो चलचित्र थ्रील लभस्टोरीमा आधारित हुने छ ।  तयार भएको स्क्रिप्टलाई हातमा हल्लाउदै उनले भने 'मलाई चलचित्र बनाउन धेरै समय लाग्दैन मात्र चाहियो सय ।'  यस्तै सो चलचित्रसंगै उनले चेलिबेटी बेचबिखन सम्बन्धी र एक कमेडी चलचित्र पनि निर्माण गर्ने तयारी गरिरहेका छन् ।



हाल डिसिएनको नेर्टवर्क लिष्टमा ६९ वटा हल भएपनि थप आधा दर्जन हलमा डिसिएनको सर्भर जोड्ने तयारी भईरहेको छ । यहि क्रममले डिसिएनले आफ्नो नेटवर्क  विस्तार गरे अशोकले  यो बर्षको अन्तिम तिर  आफ्नो फिल्म बनाउने घोषणा गर्नेछन नभए फेरी १०० को  पर्खाइमा ६८ सालमा उनको चलचित्रलाई पर्खनु पर्ने छ ।