मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब अर्को 'कसम'

फिल्मीखबर, काठमाण्डौ, 2010/09/17

नायिका कृष्टी मैनालीले दोहोरो भूमिकामा अभिनय गरेको चलचित्र 'कसम' अब धेरै पुरानो भएको छ । अहिले सोही नाममा पुन: अर्को नेपाली चलचित्र 'कसम' निर्माण भएको छ जुन चलचित्र अहिले सम्पादनको अन्तिम तयारीमा छ ।  


२३ बर्षे लक्ष्मण रिजालले निर्देशन गरेको सो चलचित्रमा टोले दादागिरीको कथालाई समावेश गरिएको छ । विपिन मल्लले सम्पादन गरिरहेको सो चलचित्रमा नायक निखिल उप्रेती, सुमन सिहँ, सोभिता सिंखडा र उषा पौडेल मुख्य भूमिकामा रहेका छन् ।


रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजाल, भरत रिजाल र सुशिल गुनीले निर्माण गरेको सो चलचित्र आगामी कात्तिक १९ गते प्रदर्शन गरिने निर्देशक रिजालले जानकारी दिए । चलचित्रमा सुरज मालीले पहिलो पटक संगित दिएका छन् । 

 

चलचित्रमा अष्ट महर्जनको द्वन्द, शिब ढकालको छायाँकन र गोबिन्द राईको नृत्य रहेको  छ । यस अघि  रिजाल एण्ड रिजाल प्रोडक्सनले लागुपदार्थको विषयमा  'वान डे'  भन्ने चलचित्र निर्माण गरेको थियो । जुन चलचित्रले  निकै चर्चा कमाएको थियो ।