मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हसन कसको पर्खाइमा ?

फिल्मीखबर, काठमाण्डौ, 2010/09/17

शुक्रबार बेलुकी ठीक साढे सात बजेको थियो, एक हातमा मोबाईल अर्को  हातमा सपिङ गरेर निस्किएको सेतो झोला । हरियो टिर्सट, गलामा गलबन्दी भिरेका नायक हसन खानलाई हतार थिएन त्यो बेला, तर आखाले भने अरू कसैलाई खोजिरहेको थियो ।



अकस्मात काठमाण्डौको दरबार मार्ग स्थित शेर्पा मलसंगैको फेशन अन लिमिटेड  अगाडी उभिरहेको अवस्थामा भेटिएका नायक खान सायद प्रेमिकाको पर्खाईमा थिए वा अरू कसैको पर्खाइमा ?   प्रेमिकाको पर्खाइमा हो भनी फिल्मीखबरले गरेको प्रश्नमा उनले भने "ए ए  हैन. साथीलाई पर्खिएको ।"  साथी केटा वा केटी त्यो भने उनले खोल्न चाहेनन् ।



केही समय अघि एक मोडलसंग प्रेमबन्धनमा बाधिएका नायक खानलाई ती मोडलले धोका दिएपछी उनी यो समयमा तडपिएर बसिरहेका छन्  । तर शुक्रबार साँझ कसैको पर्खाइमा बसेको  देखिएकाले उनी पुन अरू कसैको प्रेम सम्बन्धमा परेको अनुमान लगाउन सकिने अवस्था थियो ।  लामो समयको कतार बसाई पछि १५ दिन अघि नेपाल फर्किका नायक खान पुन भोली शनिबार कतार जाने तरखरमा जुटिरहेका छन् ।



लामो कतार
बसाईको क्रममा  उनले थ्री डी फर्मयाटमा बनेको  ३० मिनेटको चलचचित्र "एडभेन्चर" मा अभिनय  समेत गरेकाछन् । खानले बताए अनुसार पहिलो पटक कतारमा थ्रीडी फर्मयाटमा  त्यस्तो चलचित्र  बनेका  हो  । जुन आगामी महिना भित्र प्रदर्शनमा  आउदै छ ।



२००९ मा मिस्टर राजधानी हुदै नायक बनेका खान नेपालकै इतिहासमा पहिलो पटक मुस्लिम समुदायबाट नायक बनेका हुन । उनले भुवन केसीको चलचित्र 'साथी म तिम्रो'  मा पहिलो पटक अभिनय गरेका हुन । जुन चलचित्र केही महिना पछी प्रदर्शनमा आउदै छ ।