मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

घामले डढायो रेजिनालाई

फिल्मीखबर, काठमाण्डौ, 2010/09/16

घामले हातको पाखुरा, गर्धन, ढाड, पिडुला पूर्ण रूपमा डढेपछी नायिका रेजिना उप्रेती तनाव ग्रस्त भएकी छिन्  ।



२५ दिनको आउटडोर सुटिङ सकेर गएको शुक्रबार राजधानी फर्किएकी नायिका उप्रेती मन हुदा हुदै पनि  सार्वजनिक कार्याक्रममा उपस्थित हुन सकेकी छैनन् । आफ्नो डढेको शरिर देखेर सवैले गिज्याउने भएकाले उनी त्यस्ता कार्याक्रममा उपस्थित हुन नसकेकी हुन । तर राजधानी फर्किएको एक हप्ता पछी बिहिबार एक शुभ मुहुर्त कार्याक्रममा उनी उपस्थित भईन तर हातका पाखुरालाई सलले  ढाक्दै ।


'छ्या नखिच्नुस न फोटो,  कस्तो डढेको छ'  उनले भनिन् । भदौको चर्को घाममा 'चम्पा चमेली' को सुटिङमा धादिङ्गको त्रिशुली किनारमा २५ दिन बिताएकी उप्रेतीको छाला निकै डढेको छ । सबै भन्दा धेरै उनको पाखुरा  डढेको छ 

 

८० प्रतिशत  छालामा परिवर्तन आएपछी आत्तिएकी रेजिना पुन १५ दिनका लागि चलचित्र 'प्रेम विवाह' को सुटिङ्गका लागि  मध्य तराई बीरगञ्ज जादै छिन् । एक हप्तापछी त्यता जान लागेकी रेजिना भन्दै थिइन् 'अब त पुरै कालि हुन्छु होला ।'