मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गंगा-जमुनाको कथामा एनिमेटेड चलचित्र

फिल्मीखबर, काठमाण्डौ, 2010/09/16

टाउको जोडिएका दिदीबहिनी गंगा-जमुनाको कथालाई लिएर निर्माण हुन लागेको चलचित्र 'हरपल साथ' को आज राजधानीमा शुभ मुहुर्त गरियो ।

 

रवि बस्नेतको निर्माणमा किशोर ढकालले निर्देशन गर्न लागेको चलचित्र 'हरपल साथ' एनिमेटेड रहने कार्यक्रममा जानकारी दिईयो । शुक्रवारदेखि छायाँकन हुने सो चलचित्रमा रबि बस्नेत, बिराज भट्ट, तृप्ती नाड्कर, कल्पना शाहीलगायतका कलाकारले अभिनय गर्नेछन् । चलचित्रमा निर्माता बस्नेत दोहोरो भुमिकामा प्रस्तुत हुँदैछन् ।

 

गणेश शुभ मूभिजको ब्यानरमा निर्माण हुन लागेको सो चलचित्रमा दिनेश सुनामको संगीत, राजु शाहको नृत्यनिर्देशन र रोशन श्रेष्ठको द्वन्दनिर्देशन रहने छ ।