मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हिन्दी चलचित्रमा निखिल

फिल्मीखबर, काठमाण्डौ, 2010/09/15

करिब ६ महिना अगाडी भोजपुरी चलचित्रमा अभिनय गर्न मुम्बई पसेका नायक निखिल उप्रेती अहिले मुम्बईमा के गर्दैछन् त ? यो सबैको चासोको बिषय बनेको छ ।

 

नेपालमा रहेर एक्सन नायकको छबि बनाएका यि नायकले आफूले कमाएको नाम, दाम र छोरो सहितको श्रीमतीलाई छोडेर नायिका सञ्चितालाई काखि च्यापेर उनी मुम्बई तिरै हराएको खबर चारैतिर व्याप्त छ ।

 

केही चलचित्रकर्मीले निखिल अब नेपाल फर्कदैनन् भन्ने अड्कल काटेका छन् भने केहीले निखिल केही समयमा नेपाल फर्कनुको बिकल्प नरहेको अड्कल पनि काटेका छन् । जो जस्ले जे अड्कल काटे पनि निखिल अहिले तत्काल नेपाल फर्कने मुडमा छैनन् ।

 

अहिले निखिल मुम्बईमा अभिनयको तालिम लिएका छन् र आफ्नो शरिरलाई आकर्षक बनाउनमा तल्लिन छन् । तर उनले यो मेहनत भने नेपाली चलचित्रको लागी नभएर हिन्दी चलचित्रको लागी गरिरहेका छन् ।

 

लाल बादशाह, प्यार झुक्ता नहिं, मेरा सजना साथ निभाना, जनताकी अदालत, जख्मी सिपाहीजस्ता हिन्दी चलचित्रको निर्देशन साथै हम तुम्हारे हैं सनम, हिटलर जस्ता चलचित्र निर्माण गरेका निर्माता तथा निर्देशक केसी बोकाडियाले निर्माण गर्न लागेको चलचित्रका लागी अहिले निखिलले अभिनयको प्रशिक्षण लिईरहेको खुल्न आएको छ । नायक निखिलको हरेक प्रशिक्षणको खर्च निर्देशक बोकाडियाले नै बेहोरेको बताईएको छ ।


केसी बोकाडिया


 

 

बोकाडियाले निर्देशन गर्ने सो चलचित्रका लागी अहिले निखिलले आफ्नो शरिरलाई आकर्षक समेत बनाईरहेको स्रोतले बताएको छ । उनले अहिले नायक अमिर खानको जस्तै सिक्स प्याक बनाएको स्रोतको दाबी छ ।

 

नायक निखिलको साथमा सो चलचित्रमा बलिउड नायक सलमान खान र संजय दत्तले पनि अभिनय गर्ने भएका छन् । उक्त चलचित्रको केही भागको छायाँकन नेपालमा पनि गर्ने सम्भावना रहेको छ । चलचित्रको नाम र अन्य कलाकारको बिबरण भने स्रोतले खुलाउन नचाहे पनि सो चलचित्रको छायाँकन छिट्टै हुने बताईएको छ ।