मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किपाले तीन दिन पर्खने

फिल्मीखबर, काठमाण्डौ, 2010/09/14

चार दिने कार्याक्रमलाई सेन्सरबोर्डले बीचमै रोकेर कार्याक्रम रद्ध गरिदिएपछी आक्रोशित भएको क्रिएटिभ इन्टरनेशनल प्रोडक्सन (किपा ) ले शुक्रबार सम्म सेन्सरबोर्डको प्रतिक्रिया पर्खने भएको छ ।

काठमाण्डौको चाबहिल स्थित गोपी कृष्णहलमा गएको  भदौ २१ गते देखि २४ गते सम्म सञ्चालन बर्ड फिल्म फियष्टा लाई सेन्सर बोर्डले बीचमै रोक्न धम्की दिएका कारण २२ गते सो फियष्टा बन्द भएको थियो । आयोजक किपाले मंगलबार एक पत्रकार सम्मेलन मार्फत कार्याक्रम बीचमै स्थगित हुनुले  मानसिक तनाव हुनुको साथै आफुहरूलाई अन्याय भएको भन्दै सेन्सरबोर्डले चालेको सो कदम फिर्ता हुनु पर्ने माग राखेको छ ।

यस्तै किपाले असोज १ गते शुक्रबार सम्म सेन्सरबोर्डले आफ्नो सुनुवाई नसुने बाध्य भएर चलचित्र महोत्सवलाई पुन सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।  नेपाली चलचित्रलाई अभिप्रेरित गर्न कानुतत स्पष्ट नीति र एनको  समेत अभाव रहेको भन्दै किपाले यस सम्बन्धमा राज्यको ध्यानकर्षण हुनु पर्ने औलाएको छ । यस्तै किपासंगै मिलेर पत्रकार सम्मेलन गरेको मानवअधिकार चलचित्र महोत्सवले आफ्ना महोत्सवमा पनि सेन्सेर बोर्डले सेन्सरको झन्झट दिईरहेको बताएको छ  । गएको भदौ ११ गते देखि राजधानीको भृकुटीमण्डपमा जारी सो महोत्सव प्रत्येक शुक्रबार देखाईने गरिएको छ । जुन अगामी असोज १५ गते सम्म चल्ने छ ।

गएको भदौ २२ गते सेन्सर नगरिएका चलचित्र प्रदर्शन गरिएको बहाना निकाल्दै  फोन मार्फत  फियष्टा बन्द गर्न आयोजकहरूलाई दबाव दिएपछी अन्तत् सो कार्याक्रम स्थगित भएको थियो ।  सेन्सरबोर्डका एक पदाधिकारीले फोन मार्फत कार्याक्रम स्थगन गर्न धम्की दिए पनि  धम्की दिएको नम्बर चलचित्र कलाकारसंघबाट आएको किपा अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिईन् । यध्पी फोनमा धम्कयाउने सो ब्यक्तिको बारे शुक्रबार सम्म आफुहरूले खोल्न नसक्ने उनको भनाई थियो ।

यस्तै अध्यक्ष श्रेष्ठले 'शुक्रबार सम्म आफ्नो  धर्यतालाई सेन्सरबोर्डले वेवास्ता गरे फिल्म महोत्सवका लागि प्रचलचित्र अन्तराष्ट्रिय कानुन अनुसार आफ्नो कार्याक्रमलाई निरन्तरता'  दिइने बताईन ।