मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१८ औं चलचित्रको निर्देशनमा शिब रेग्मी

फिल्मीखबर, काठमाण्डौ, 2010/09/13

आगामी बुधबारबाट निर्देशक शिब रेग्मी आफ्नो १८ औं चलचित्रको निर्देशनमा व्यस्त हुँदैछन् । मित्रता सिने मुभिजको व्यानरमा निर्माण हुन लागेको सो चलचित्रको बुधबार चितवनमा मुहुर्त गरिँदै छ र सोही दिनबाट चलचित्रको छायाँकन थालानी गरिँदै छ ।

 

शम्भु सापकोटाको छायाँकन रहने सो चलचित्रमा राजबल्लभ कोईराला, निरज बराल, गरिमा पन्त, निर शाह, युवराज लामा, किरण केसी, राजाराम पौडेल, उत्तम केसी लगायतका कलाकारहरूले अभिनय गर्दैछन् । यहि चलचित्र मार्फत रेखा पौडेलले संगीतकारको रूपमा डेब्यू गर्दैछिन् ।

 

संजीत कुमार 'बब्लु', चन्द्र श्रेष्ठ, यमनाथ दनै, क्रन्दन मास्के र सुनिल श्रेष्ठले निर्माण गर्न लागेको चलचित्र 'फूल' को कथा बिकास आचार्य र निर्देशक रेग्मीले लेखेका हुन् ।

 

चलचित्र 'फूल' को कथा नारी संवेदनामा आधारित रहेको  बताउँदै निर्देशक रेग्मी भन्छन्, 'नारी एउटा फूल हो  जसलाई हामीले मन लागेको बेला सुँघ्छौं र मन लागेकै बेला टिपेर फाली दिन्छौं पनि ।'  चलचित्रको कथा बस्तुलाई अझ प्रस्ट पार्न गीतकार डा कृष्णहरी बरालले नारीलाई फूलसँग यसरी तुलना गरेका छन् ।

 


'सानै हुरीमा पनि तिमीले झर्नु पर्छ
अरूकै लागी तिमीले सुवास छर्नु पर्छ
सक्छौ सहन कति तिमीले ए फूल
पूजा अरूको हुँदा तिमीले मर्नु पर्छ'

 

चलचित्रको युनिट 'फूल' को छायाँकनको लागी भोली चितवन प्रस्थान गर्दैछ । चितवन पछि चलचित्रको बाँकी भागको छायाँकन ईलाम र काठमान्डौमा गरिने निर्माण पक्षले जनाएको छ ।