मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्कुटी स्टार्ट नहुँदा यूनालाई टेन्सन

फिल्मीखबर, काठमाण्डौ, 2010/09/13

सोमबार दिउँसो बा २० प  ४५८४ नम्बरको  रातो काइनेटिक स्कुटर  चढेर काठमाण्डौको चाबहिल स्थित गोपी कृष्ण हल पुगेकी नायिका यूना उप्रेती स्कुटी स्टार्ट गर्न नस्कदा निकै टेन्सनमा देखिएकी थिइन् ।



कुनै कामले गोपी कृष्ण हलमा पुगेकी नायिका उप्रेतीको स्कुटी स्टार्ट नहुदा उनको अनुहार समेत तेल सकिएको बाईक जस्तो भएको थियो ।
मुख्य गेटको भित्ता छेउको पहिलो पक्तिमा  बाईक पार्किङ गरेकी उप्रेतीले  आगडी सामुन्ने परेका एक ब्यक्तिलाई 'स्कुटी स्टार्ट गर्न सक्नु हुन्छ'  ? भन्दै आग्रह समेत गरेकी थिइन् ।



 तर त्यो ब्यक्तिले नायिकाले गरेको आग्रहलाई एक कानले सुन्दै अर्को कानले उडाएपछी उनी अझ मुर्मुरिदै बाइक छाडेर गायब भईन् । उनको रिस पनि गजबको थियो, बाईक स्टार्ट  नभएकाले एक त टेन्सन फुल भएकी उप्रेतीसंग एक साहारबिन बालकले दिदी  अलिकति पैसा  दिनु  भन्दै माग्दै थिए तर यूनाले उनलाई झपार्दे पैसा छैन भन्न पनि छुटाइनन् ।



तर फिल्मीखबरको क्यामेरा उनको आगडी पुगेपछी उनले सो बालकलाई केही पैसा समेत दिन बाध्य भईन् र स्कुटी त्यही छोडी कुलेलाम ठोकिन ।