मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियरमा प्रेमिकासंग निरज

फिल्मीखबर, काठमाण्डौ, 2010/09/10

लामो समयको अन्तराल पछी नायक निरज बराल एक औपचारिक कार्याक्रममा भेटिए तर एक्लै हैन प्रेमिकासंग । कुरा हो उनीद्धारा अभिनित चलचित्र दीपशिखाको प्रियिमयरको ।



बिहिबार बेलुकी काठमाण्डौको कुमारी सिनेमा घरमा सयौको संख्यामा चलचित्रकर्मीहरूको उपस्थिति देखिएको थियो । अझ दर्जनको संख्यामा पुराना देखि नयाँ नायकहरूको बाक्लो उपस्थिति रहेको सो प्रियिमयरमा छुट्टै तरिकाले आएका नायक निरज बराल आकर्षणका पात्र बनेका थिए ।



कारण ?  हात समाउदै  प्रेमिकालाई उनले सिनेमा घरमा प्रवेश गराएपछी सवैले ती युवतीलाई निरजको प्रेमिका भएको अडकल काटेका थिए । निलो जिन्स पाईन्ट, सेतो र्सट र कालो ज्याकेटमा सजिएका निरज आफ्नी प्रेमिकालाई डोर्‍याउदै सिनेमा घरमा प्रवेश गराएका थिए ।



कर्लीकपाल बनाएर परिवार सहित उपस्थित भएकी निरजकी प्रेमिकाको नाम भने पत्ता लगाउन सकिएको छैन । यध्पी उनी प्रेमिका भएको निरजले स्वीकार गरेका छन ।


६ फुट हयाण्डसम यि नायकले सिनेमा घरको दाँया तेस्रो लबीमा प्रेमिकासंगै बसेर आफ्नो चलचित्र हेरेका थिए ।