मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तीजको उपहार 'सिन्दुर' र 'दीपशिखा'

कृष्ण न्यौपाने, दमौली, 2010/09/10

हिन्दु महिलाहरुको महत्वपूर्ण पर्व हरितालिका तीजको अवसर पारेर आजदेखि दमौलीमा दुई नयाँ चलचित्र रिलिजका साथ प्रदर्शन भएका छन् ।

 

गोविन्द गौतमको निर्देशन रहेको 'सिन्दुर' र नरेश पौड्यालको निर्देशन र निर्माण रहेको 'दीपशिखा' आजदेखि देशका विभिन्न हल सहित दमौलीमा पनि प्रदर्शन भएका हुन् । 'सिन्दुर' उत्तरशीला चलचित्र मन्दिर र 'दीपशिखा' मनकामना डिजिटल चलचित्र मन्दिरमा प्रदर्शन भएका छन् ।

 

नेपाली कथानक चलचित्र 'सिन्दुर' मा महिलाहरुको वेदना तथा हिन्दु नारीमाथि सिन्दुरको महत्वलाई पर्दामा उतारिएको छ । केही बर्ष अघि प्रकाश थापाको निर्देशनमा बनेको सुपरहिट चलचित्र 'सिन्दुर' कै नामबाट निर्देशक गोविन्द गौतमले यस चलचित्र बनाएका हुन् । चलचित्रमा विराज भट्ट, कुशल थापा, सुनिलदत्त पाण्डे, जेनिशा केसी, तृप्ती नाड्कर, सिर्जना बस्नेत, लक्ष्मी गिरी, स्नेहा शर्मा, नन्दु श्रीवास्तव लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राइको नृत्य तथा विकास चौधरीको संगीत रहेको छ । जुपिटर फिल्म प्रोडक्सन प्रालिको पहिलो सौगात 'सिन्दुर' मा सरीता ढुङ्गानाको प्रस्तुती र राधेश्याम राईको निर्माण रहेको छ ।

 


नारीप्रधान चलचित्र भएकाले यस चलचित्रले दमौलीमा राम्रो व्यापार गर्ने उत्तरशीला चलचित्र मन्दिरका व्यवस्थापक प्रमोद पाण्डेले बताए । हरितालिका तीजका अवसरमा यस चलचित्र हेर्न दर्शकको भीड रहने उनको दावी छ ।

 

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र 'दिपशिखा'  को कथा नायिका अरुणिमा लम्सालले लेखेकी हुन । चलचित्रमा जीवन लुईँटेल, अरुणिमा लम्साल, निरज बराल, मुकुन्द थापा, राधा लम्साल, ममता प्रधान, विष्णु सापकोटा, राजकुमार थापा लगायतको मुख्य अभिनय रहेको छ । आमा छोरी राधा लम्साल र अरुणिमा चलचित्रमा पनि आमाछोरीकै भूमिकामा देखिदैछन् । 'दीपशिखा' मा चेतन सापकोटाको संगीत, एन.बि. महर्जनको द्वन्द्व, शान्ता नेपाली र बसन्त श्रेष्ठको नृत्य र नरेश पौड्याल र प्रमोद ढुङ्गानाको गीत रहेको छ ।