मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाजी कस्ले मार्ला ?

फिल्मीखबर, काठमाण्डौ, 2010/09/09

शुक्रबारदेखी एकसाथ प्रदर्शनमा आउन लागेका चार चलचित्र दीपशिखा, पलपलमा, सिन्दुर र हिम्मत २ मध्ये कस्ले बढी ब्यापार गर्न सक्छ भन्ने बिषयमा चलचित्रकर्मीहरू अडकल काट्न सकेका छैनन्



भाले जुधाईको तरिकाले एक साथ प्रदर्शनमा आएका ४ चलचित्र मध्ये हिम्मत २ र सिन्दुर उपत्यका बाहिर मात्र प्रदर्शनमा आउदै छन् भने दीपशिखा उपत्यका भित्र र बाहिर र पलपलमा काठमाण्डौमा मात्र प्रदर्शन हुदैछ ।


उपत्यका बाहिर भन्दा भित्र प्रदर्शन हुन लागेका दुई  चलचित्र पलपलमा र दीपशिखा कसले बढी ब्यापार गर्छ भन्ने बिषयमा चलचित्रकर्मीहरूको बढ्ता ध्यान गईरहेको देखिन्छ । दीपशिखा र पलपलमा दुवै चलचित्र उत्कृष्ट छन् भन्नेमा निर्देशक नरेश पौड्याल र उकेश दाहाल दृण रहेपनि एक साथ रिलिज हुनुले चाहि पक्कै पनि यि दुवै चलचित्रलाई घाटा भने पुर्‍याउने देखिन्छ ।



बिराज भट्ट, जेनिशा केसी, तृप्ती नाडकरको मुख्य भूमिका रहेको सिन्दुर धेरै बर्षअगाडी बनेको चलचित्र सिन्दुरको कथा भन्दा भिन्न तरिकाले निर्माण गरिएको  बताइएता पनि शसक्त नारी प्रधान भनिएको दिपक श्रेष्ठको  हिम्मत २ संग जुध्नु सिन्दुरका लागि घाटा हुन सक्ने अडकल काटिएको छ । हिम्मत २ मा बिराज भट्ट र युना उप्रेती डबल रोलमा रहेकाले मोफसलका दर्शक यो चलचित्रमा बढी आकषिर्त हुने अडकल काटिएको छ ।


यस्तै सेन्सरबोर्डबाट एडल्ट र्सर्टिफिकेट पाएको चलचित्र पलपलमा पुरूष यौनकर्मीहरूलाई आधार मानेर बनाइएकाले युवा वर्गले यस चलचित्र हेर्न हलसम्म जाने आकलन गरिएको छ ।  प्रचार गरिए अनुरूप चलचित्रमा त्यस्ता दृश्यहरू छन् वा छैनन् त्यो त चलचित्र हेरिसकेपछी कमेन्ट गर्ने कुरा हो तर रमित ढुङ्गाना र सुजाता सिटौलाको बेडसिनेले एक पटक कलिउड बजारलाई नतताउला भन्न सकिन्न ।



१६ बर्षमुनिका बालबालिकाले हेर्न  नपाउने यो चलचित्रका  अधिकांश कलाकार देश बाहिर रहेकाले प्रिमियर विना यो चलचित्र शुक्रबारदेखि प्रदर्शनमा आउदै छ ।



पलपलमासंगै दीपशिखाको भिडन्त सलमान खानको चलचित्र 'दबङ' सँग भएपनि यि दुबै चलचित्रबाट निर्देशक नरेश पौड्याललाई भने कुनै आपत्ति छैन ।