मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नरेश र अरूणिमाको अग्नी परीक्षा

फिल्मीखबर , काठमाण्डौ, 2010/09/09

'घडकन' बनाएको झण्डै चार बर्षछी चलचित्र 'दिप शिखा'  निर्माण गरेका निर्माता तथा  निर्देशक नरेश पौड्यालको अग्नी परीक्षा भोलि देखि शुरू हुँदैछ ।



भोली शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको उनको चलचित्र के  होला कस्तो होला ? चलचित्र प्रदर्शन भएपछि यसको टुङो लाग्नेछ । यस्तै नायिकाबाट पहिलो पटक लेखक समेत भएकी सोही चलचित्रकी नायिका अरूणिमा लम्साल लेख्नमा कति अब्बल छिन् भन्ने कुरा पनि चलचित्रको प्रिमियरपछी नै थाहा हुन्छ ।



चलचित्र 'चुनौती' बाट सुरू भएको नरेशको निर्देशन यात्रा दीपशिखामा आएर के होला ?  सवैले प्रतिक्षा गरेको नतिजा हो त्यो । त्रिकोणात्मक प्रेमकथा अनि नारी प्रधान भनिएको यो चलचित्र अन्य नेपाली चलचित्र भन्दा फरक रहेको निर्देशक पौड्यालले दाबी समेत गर्दै आएका छन् ।



सामान्यतया  सवा २ घण्टाको नेपाली चलचित्र भएपनि 'दीपशिखा'  भने झण्डै ३ घण्टा लामो छ । समय जति धेरै भएपनि दर्शक बोर मानेर बीचबाटै  नउठ्नेमा निर्देशक पौड्याल आशावादी देखिएका छन् ।