मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महिलाहरूसँग नाचे दिलिप

रामचन्द्र नेपाल, क्वालालम्पुर, 2010/09/08

मलेसियाको क्वालालम्पुरमा पहिलो पल्ट स्थानिय नेपालीहरुले आयोजना गरेको तीज उत्सवमा  नायक दिलिप रायमाझि महिलाहरूसँग मज्जाले छमछमी नाचे ।

 

नायक दिलीपसँग नाच्न अधिकाशं महिलाहरुले रुची देखाएका थिए । कार्यक्रममा करिव एक घण्टा जति उपस्थित भएका दिलिपले आधा जसो समय नेपालीहरुसँग फोटो खिचेर विताएका थिए ।

 

सो तीज उत्सवमा चलचित्र मिस यु को छायांकनका लागि मलेसिया आईपुगेका नायक दिलिप रायमाझि र निर्देशक सुरेश दपर्ण पोख्रेलले सहभागीता जनाएका थिए । साथै कार्यक्रममा क्वालालम्पुर वरपर रहेका अधिकाशं व्यापारी, नेपाली दुतावासका कर्मचारीहरु, मलेसियामा रहेका पत्रकार, साहित्यकार, कलाकारहरु समेत गरी करिव एक सय जना भन्दा वढी नेपालीहरुको सहभागीता रहेको थियो ।