मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फियष्टामा हस्तक्षेप, स्थगित हुने - नहुने बिहिबार टुङ्गो

फिल्मीखबर , काठमाण्डौ, 2010/09/08

क्रिएटिभ इन्टरनेशनल प्रोडक्सनको आयोजनामा  गएको सोमबारदेखि राजधानीमा जारी बर्ड फिल्म फियष्टा स्थगित हुने सम्भावना बढेको छ ।

सेन्सरबोर्डले सेन्सर नगरिएका चलचित्र समेत प्रदर्शन गरिएको भन्दै अन्तत् फोन मार्फत फियष्ट बन्द गर्न आयोजकहरूलाई दबाव दिएपछी कार्याक्रम स्थगित हुने सम्भावना बढेको हो ।

मंलबार दिउँसो  प्रस्तुकर्ता गोपीकृष्ण मुभिज र कीपा कार्याक्रम संयोजक प्रतिमा श्रेष्ठलाई  फोन मार्फत  सेन्सरबोर्डका अधिकारीहरूले सो कार्याक्रम बन्द गर्ने चेतावनी दिएपछी बुधबारका शोहरू समेत प्रभावित भएका थिए ।

कार्याक्रम संयोजक श्रेष्ठले दिएको जानकारी अनुसार 'कार्याक्रम स्थगित हुने वा नहुने भन्ने बारे बिहिबार बिहान  १२ बजे सम्ममा टुङ्गो लाग्ने'  बताएकी छिन् ।  किम्फ, तथा आदिवासी चलचित्र महोत्सवमा पनि सेन्सर नगरिएका चलचित्र समावेश गरिएको भन्दै श्रेष्ठले सेन्सरबोर्डको सो प्रक्रिया प्रति आपत्ती समेत जनाएकी छिन् ।

कार्याक्रम स्थगन गर्ने प्रक्रियामा केही कुराहरू लुकेको भन्दै श्रेष्ठले यस सम्बन्धमा बिहिबार पत्रकार सम्मेलन मार्फत सवै स्पष्ट पारिने बताईन् ।


"कुनै कारण विना सेन्सरले  कार्यक्रम स्थगन गर्न दवाव दिएपछी आफुहरू तनावमा परेको"  भन्दै श्रेष्ठले जुरी सदस्य मध्येका नारायण पुरीले त्यो विवाद अन्त्य गर्ने प्रयास गरिरहेको जानकारी दिईन ।

प्रतिष्पर्धा र गैर प्रतिष्पर्धा गरी जम्मा ४४ चलचित्र समावेश गरिएको फियष्टामा भोली बिहिबार सम्म सञ्चालन हुने तालिका थियो ।

अन्तराष्ट्रिय नियम अनुसार महोत्वसवमा देखाईने चलचित्रहरूलाई सेन्सर गर्नु पर्ने नियम नभएपनि नेपालको सेन्सर बोर्डले चलेको यो कदम लाई शंकाको दृष्टीले हेरिएको छ ।