मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फोन उठाउने फुर्सद छैन दिपकलाई

फिल्मीखबर, काठमाण्डौ, 2010/09/08

माफ गर्नु होला तपाईले सम्पर्क गर्न खोज्नु भएको नम्बर अहिले ब्यस्त छ, केही सेकेण्ड घण्टी बजेपछी निर्देशक दिपक श्रेष्ठको मोबाइलमा दुरसंचार कम्पनीकी युवतीले फर्काउने जवाफ हो त्यो ।

आफ्नो होम प्रोडक्सनमा पहिलो पटक चलचित्र 'हिम्मत २'  निर्माण गरेका निर्देशक श्रेष्ठ हिजो आज निकै व्यस्त हुन थालेका छन् । भदौ २५ गते शुक्रबार देखि  उपत्याका बाहिरका १३ वटा स्टेशनबाट एक साथ प्रदर्शनमा आउन लागेको चलचित्र हिम्मत २ प्रोमोशनका लागि उनी निकै बेफुर्सदिला भएका छन् ।



पटक-पटकको प्रयासपछी "फोनमा कुरा गर्न मिल्ने भए भन्नुस तर भेट्नका लागि म अर्समर्थ छु"  भन्ने जवाफ दिदै उनले फोनबाटै आफु व्यस्त रहेको संकेत उनले देखाउने गरेका छन् । रेखा थापाको चलचित्र "हिम्मत"  बाट सिक्वेल चलचित्र "हिम्मत २"   बनाएका दिपक आफ्नो चलचित्रलाई तीजको उपहार भन्ने गर्दछन् ।



तीजमा दिदी बहिनीलाई आफ्नो फिल्मसंगै रूमाल उपहार दिन लागेको उनले बताएका छन् । यध्यपी फिल्म प्रोमोसनका लागि रूमाल बाडने त्यो चलन नयाँ भने हैन । चलचित्रमा आफैले डेब्यू गराएका नायिका युना उप्रेती  र वीरज भट्ट दोहोरो भूमिकामा रहेका छन् ।