मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऋचाको मुखमा बुझो

फिल्मीखबर, काठमाण्डौ, 2010/09/08

वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउनु कहाँ सम्मको जायज हो ?  न त संविधानले नै त्यस्तो अधिकार दिएको छ न त पाइन्छ नै गर्न त्यस्तो ।

तर नायिका ऋचा शर्मालाई भने एक जना निर्माताले पूर्ण बोल्न प्रतिबन्ध लगाएका छन् । दुई हप्ता अघि सुटिङ सुरू गरिएको एक चलचित्रमा अभिनय गरिरहेकी शर्मालाई सो चलचित्रका बारेमा कुनै पनि सञ्चारकर्मीलाई केही नभन्नु भन्दै ती निर्माताले बोल्न प्रतिबन्ध लगाएका हुन ।

चलचित्र 'फष्टलभ' बाट डेब्यू गरेकी शर्मा, सो चलचित्रको लिड रोलमा रहेपनि  कुन चलचित्र, कस्तो चलचित्र, को निर्देशक भन्ने बारेमा आफुले पत्रकारहरूलाई केही भन्न नसक्ने बताएकी छिन् ।

सोही चलचित्रको आउट डोर सुटिङका लागि बुधबार उपत्यका बाहिर जानु अघि उनले आउट डोर सुटिङ समेत कहाँ हुने केही खुलाउन मानिन ।


निर्माताको दवावमा वाक स्वतन्त्रतामाथि प्रतिबन्धित भएकी शर्माले फिल्मीखबरालई केही कुरा नभने पनि त्यो रहस्य भने हामी चाडै नै पत्ता लगाउने छौ ।