मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निमन्त्रणा पत्र नपुग्दा दु:ख व्यक्त

फिल्मीखबर, काठमाण्डौ, 2010/09/01

गत सोमबार चलचित्र बिकास बोर्डले आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा वितरण समारोह कार्याक्रममा एक चलचित्रको टिमलाई बिकास बोर्डले निमन्त्रणा पत्र नपठाएको कुरा सार्वजनिक भएको छ ।



२०६६ सालमा सेन्सर पास भएका चलचित्र मध्ये अवार्डका लागि नोमिनेशनमा परेको आश्मा फिल्मसको चलचित्र 'द् युग देखी युग सम्म'  का कोही पनि प्रतिनिधिलाई बिकास बोर्डले निमन्त्रणा नपठाएको निर्देशक दिपेन्द्र के खनालले जानकारी दिए ।

 

 


नोमिनेशनमा परेपनि अवार्ड कार्याक्रममा आफुलाई नबोलाएको भन्दै निर्देशक खनालले आफु लगायत नोमिनेशनमा परेका केही अन्य निर्माताहरूलाई समेत बिकास बोर्डले निमन्त्रणा नपठाएको  बताए ।

 

'चलचित्र नोमिनेशन पूर्व लगातार फोन गररे वाक्क लगाएको  बोर्डले पुरस्कार जिते पनि वा नजितेपनि कमसेकम कार्याक्रममा सहभागी हुनका लागि भएपनि निमन्त्रणा पत्र भने पठाउनु पर्ने'  निर्देशक खनालले फिल्मीखबरसंग गुनासो ब्यक्त गरे ।

 


झारा टार्ने हिसावले आयोजना गरिएको राष्ट्रिय अवार्ड वितरण कार्याक्रम जसरी फितलो देखिएको थियो त्यसै गरी आफैले नोमिनेशनमा पारेको चलचित्रको टिमलाई निमन्त्रणा पत्र नपठाएको खबर आफैमा लाज मर्दो छ । अवार्डका लागि ०६६ सालबाट ३५ वटा चलचित्र नोमिनेशनमा परेका थिए ।

 

सायद अन्य चलचित्रकर्मीलाई पनि निमन्त्रणा पत्र नपुगेर हो या पुगेर पनी नपुगे जस्तो गरेर हो, सो पुरस्कार बितरण समारोहमा पुरस्कार मात्र पाउने चलचित्रकर्मीहरूको उपस्थिती थियो भने पुरस्कार नपाउने चलचित्रकर्मीहरूको उपस्थिती निकै न्यून मात्रामा थियो ।