Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आचार्य’को ट्रेलर नेपालदेखि १३ देशसम्म ट्रेन्डिङमा

फिल्मीखबर, काठमाडौं, 2026/09/22

nikhil upreti

 

यही शुक्रबार (९ असोज)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आचार्य’को ट्रेलरले युट्युबमा भ्यूजको बाढी ल्याएको छ । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्मको ट्रेलरले युट्युब रिलिजको तीन दिनमा १५ लाखभन्दा बढी भ्यूज पाइसकेको छ । ट्रेलरलाई प्रतिक्रिया पनि उत्कृष्ट मिलेको छ । प्रायःले निखिलको एक्सनको प्रशंसा गरेका छन् । 

युट्युबमा ट्रेलरले आक्रामक भ्यूजसँगै ट्रेन्डिङको शीर्षस्थान समेत कब्जा गरेको छ । सोमबार साँझबाट फिल्मको ट्रेलर नेपालमा युट्युबको पहिलो स्थानमा उक्लिएको हो । नेपालसँगै यूएई, कतार, बहराइन, ओमान, कुवेत, अस्ट्रेलिया, क्यानडा, हङकङ, मलेसिया, बेलायत, दक्षिण कोरिया, जापानलगायतका देशमा समेत ट्रेलर ट्रेन्डिङमा छ ।

नेपालसहित विश्वका १३ देशमा ट्रेलर ट्रेन्डिङमा पर्नुले फिल्मप्रति दर्शकको चासो उच्च रहेको देखाउँछ । विदेशमा देखिएको यही चासोका कारण यूएई, कतार, बहराइन, ओमान, कुवेत र साउदी अरबमा फिल्मको प्रदर्शन अधिकार समेत बिक्री भइसकेको छ । नेपाल रिलिजको एक सातापछि अर्थात् १ अक्टोबर (१५ असोज)बाट मध्यपूर्वका देशहरूमा फिल्म प्रदर्शन हुँदैछ । 

निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा निखिल उप्रेती, पूर्णिका सिंजापति, सजिना श्रेष्ठ, प्रमोद अग्रहरी, ध्रुव कोइराला, सञ्जय गुप्ता, ध्रुव कोइराला, भारतीय कलाकारहरू दीपराज राणा, रघु बाबु, रघू कारुमन्चीलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा कृष्ण भट्टराई निर्माता तथा मिथिलेश तिवारी कार्यकारी निर्मातामा छन् ।