Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बाः एक योद्धा’ हेरेर मोफसलका दर्शकले के भने ?

फिल्मीखबर, काठमाडौं, 2026/09/22

ba: ek yodha

 

दशकौंदेखि नेपाली फिल्मको प्रिमियर काठमाडौं केन्द्रित हुँदै आएको छ । विशेषगरी आर्थिक सहजताका कारण निर्माताहरूले फिल्मको प्रिमियरका लागि काठमाडौं नै रोज्ने गरेका छन् । तर, यही शुक्रबार (९ असोज)बाट प्रदर्शन हुन फिल्म ‘बाः एक योद्धा’ले भने यो परम्परा तोडेको छ । फिल्मको काठमाडौंभन्दा अघि नेपालगञ्ज, दाङ, धरान र बुटवलमा प्रिमियर भइसकेको छ ।

मोफसल प्रिमियरमा फिल्मले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको निर्देशक हरि लम्सालले जानकारी दिए । उनले भने, ‘हामीले नेपालगञ्ज, दाङ, धरान र बुटवलमा सोचेभन्दा पनि राम्रो प्रतिक्रिया पायौँ । फिल्म हेर्नुभएका दर्शकहरूले सामाजिक सञ्जालमा पनि आफ्नो अनुभव साट्नु भएको छ, जुन हाम्रो लागि ठूलो हौसला हो ।’
 
फिल्मलाई मोफसल प्रिमियरमा मिलेको प्रतिक्रियाले निर्माता वसन्त लम्साल पनि उत्साहित देखिएका छन् । उनका अनुसार फिल्मका मुख्य कलाकार दिव्य देव र सुहाना थापाको अभिनयले विशेष प्रशंसा पाएको छ । ‘दिव्य देवको त करिअरकै ‘टर्निङ पोइन्ट’ बन्छ भनेर भन्नुभएको छ । सुहाना थापाको पनि अहिलेसम्मकै फरक फिल्म भन्नुभएको छ,’ उनले भने ।

निर्देशक लम्सालको लेखन रहेको यस फिल्ममा दिव्यदेव र सुहानासहित झरना थापा, सागर खनाल, सुप्रज्ञा शर्मा, शवि थापा, माओत्से गुरुङ, शिशिर सिवाकोटी, अन्जन ढकाललगायतका कलाकारहरूको अभिनय रहेको छ । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा शिवराम श्रेष्ठको छायाकंन, मित्र डी. गुरुङको सम्पादन तथा सुरेन राईको नृत्य निर्देशन छ ।