Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मास्टर्नी’ हेर्दा २ लाखमाथिको इभी स्कुटर जित्ने अवसर

फिल्मीखबर, काठमाडौं, 2026/08/16

priyanka karki (1)

 

आगामी शुक्रबार (५ भदौ)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मास्टर्नी’ले दर्शकका लागि आकर्षक अफर ल्याएको छ । निर्माण पक्षले फिल्म हेर्दा स्कुटर जित्ने योजना अघि सारेको हो । भदौ ३ गतेदेखि भदौ ९ गतेसम्म खल्ती एपबाट फिल्मको टिकट काट्नेमध्ये एकजना दर्शकले ‘बीगस’ ब्रान्डको २ लाखमाथि पर्ने इभी स्कुटर प्राप्त गर्नेछन् ।

निर्माण पक्षले स्कुटरबाहेक अर्को पुरस्कार पनि सार्वजनिक गरेको छ । खल्तीबाट फिल्मको टिकट काट्नेमध्ये एकजनाले ललितपुरको लाँकुरी भञ्ज्याङस्थित दि टेरेसेस् रिसोर्ट एण्ड स्पामा २ दिन समय बिताउने अवसर पाउनेछन् । दि टेरेसेस् रिसोर्ट नेपालको महँगो ५ तारे होटलमध्ये पर्छ । दुवै पुरस्कारको विजेता घोषणा फिल्म रिलिजको दोस्रो सातामा गरिने जनाइएको छ । 

फिल्म प्रदर्शनका लागि अब ४ दिन बाँकी रहँदा अभिनेत्री प्रियंका कार्कीले प्रचार अभियान तीव्र बनाएकी छन् । काठमाडौंभित्र आयोजना भइरहेका हरेक साना-ठूला कार्यक्रममा उपस्थित भएर उनले दर्शकलाई फिल्म हेर्न आग्रह गरिरहेकी छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा मोबिलिटी एक्स्पो’लाई समेत उनले फिल्म प्रचारका लागि प्रयोग गरिन् । 

चलचित्र जाँच समितिबाट ‘एडल्ट’ सर्टिफिकेट पाएको यो फिल्ममा प्रियंकासहित सिम्रन खड्का, आर्यन सिग्देल, दीपकराज गिरी, प्रमोद अग्रहरी, अनुपविक्रम शाही, ऋचा शर्मा, जितु नेपाललगायतका कलाकारहरूको अभिनय रहेको छ । आयंका फिल्म्सको ब्यानरमा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्कीले फिल्मको निर्माण गरेका हुन् ।