Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पर्दामा फेरि देखिँदै दयाहाङ र मिरुनाको जोडी

फिल्मीखबर, काठमाडौं, 2026/06/21

 

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी एकपटक फेरि पर्दामा देखिने भएको छ । ‘मितज्यू’का निर्देशक अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘रातो घेरा’ (द रेड सर्कल)मा उनीहरू एकसाथ देखिन लागेका हुन् । अनिलको पहिलो फिचर फिल्म ‘घरज्वाइँ’मा पनि उनीहरूको मुख्य भूमिका थियो ।

विश्राम फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको कथा सामाजिक र भावनात्मक पक्षमा आधारित हुने जनाइएको छ । फिल्मले मनोरञ्जनसँगै गहिरो सन्देश पनि दिने निर्देशक मगरले बताए । उनका अनुसार असार तेस्रो साताबाट फिल्मको छायांकन सुरु हुनेछ । अहिले कलाकार र प्राविधिक छनोटको काम भइरहेको उनले जानकारी दिए ।

काफिया फिल्म्सका गोविन्द शाहीले वितरण गर्ने यस फिल्मलाई जीवन गुरुङले निर्माण गर्नेछन् । यसअघि उनले गुरुङ संस्कृतिमा आधारित फिल्म ‘ङोल्स्यो रानी’ बनाएका थिए । फिल्मलाई दुई श्रृंखलामा निर्माण गरिने जनाइएको छ । यसै वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्ममा मनोज थापा मगरको संगीत रहनेछ ।

निर्माता गुरुङका अनुसार फिल्मलाई भव्य, कथात्मक रूपमा सशक्त र प्राविधिक रूपमा उच्च स्तरको बनाउन विशेष ध्यान दिइएको छ । अनुभवी कलाकार र प्राविधिक टिमको सहभागिताले फिल्मलाई थप प्रभावशाली बनाउने उनको विश्वास छ । उनले अन्य कलाकार र प्राविधिक टिमको विवरण केही दिनमा सार्वजनिक गरिने जानकारी दिए । 

Most Visited News (monthly)