Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छ माया छपक्कै २’मा देखिँदै रिहान, छैनन् केदार र जितु

फिल्मीखबर, काठमाडौं, 2026/06/14

CHA MAYA CHAPAKAI 2

 

दीपकराज गिरी र दीपाश्री निरौला समूहको नयाँ फिल्म ‘छ माया छपक्कै २’को यतिबेला नुवाकोटमा छायांकन भइरहेको छ । छायांकनको अन्तिम चरणमा रहेको फिल्मको कलाकारको पूर्ण लाइनअप अझै सार्वजनिक भइसकेको छैन । दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई र निर्मल शर्माबाहेक अन्य कलाकारको नाम गोप्य राखिएको छ । 

तर, भनिन्छ नि– ‘जति लुकायो, त्यति नै देखिन्छ ।’ निर्माताले कलाकारहरूको नाम लुकाउने हरसम्भव प्रयास गरिरहेका भए पनि फिल्मका एक मुख्य कलाकारले भने सामाजिक सञ्जालमार्फत फिल्ममा आफू आबद्ध रहेको जानकारी दिएका छन् । ती कलाकार हुन्, रिहान गिरी । उनले हालै छायांकन सेटको एक भिडियो फेसबुकमा सेअर गर्दै नयाँ प्रोजेक्ट सुरु भएको जनाएका छन् ।

‘होस्टेल ३’बाट अभिनय करिअर सुरु गरेका रिहानको ‘छ माया छपक्कै २’ तेस्रो फिल्म हो । उनले हालसालै आफ्नो दोस्रो फिल्म ‘आहुति’को छायांकन सकाएका थिए । उनी चाँडै फिल्म ‘तिमी मेरो म तिम्रो’मा पनि काम गर्दैछन् । ‘द भ्वाइस अफ नेपाल’मा सहभागी भएपछि चर्चामा आएका उनी पछिल्लो समय गायनभन्दा अभिनयमा बढी सक्रिय देखिएका छन् । 

दीपेन्द्र लामाको निर्देशनमा बनिरहेको ‘छ माया छपक्कै २’मा यसपटक पहिलो भागका दुई मुख्य कलाकार केदार घिमिरे र जितु नेपाल दुवै देखिने छैनन् । फिल्ममा केदारले भने अभिनय गर्ने निश्चित नै थियो । तर, उनी केही महिनादेखि अमेरिकामा छन् । ग्रीन कार्ड लिने प्रक्रियामा रहेका उनी तत्काल नेपाल आउन नमिल्ने भएपछि उनको ठाउँमा अरु नै कलाकार राखिएको छ ।