Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बाः एक योद्धा’मा सागरदेखि सुप्रियासम्म

फिल्मीखबर, काठमाडौं, 2026/06/04

ba  ek yodha

 

छायांकन सकिएर हाल पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘बाः एक योद्धा’का कलाकारबारे निर्माण टिमले लामो समय मौनता साध्यो । छायांकन अन्तिम चरणमा रहँदा मात्र फिल्मका तीन मुख्य कलाकारको नाम सार्वजनिक गरिएको थियो, जसमा झरना थापा, सुहाना थापा र दिव्य देव थिए । बाँकी अन्य कलाकारलाई भने छायांकनभरि लुकाइयो । 

अब फिल्मका थप चारजना कलाकारको नाम सार्वजनिक गरिएको छ । बिहीबार निर्माताले सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापालाई फिल्मका कलाकारको रूपमा चिनाएका हुन् । उनीहरूमध्ये सागरले यसअघि फिल्म ‘११ः५५’ र शिशिरले ‘बेहुली फ्रम मेघौली’ र ‘सानो संसार’मा काम गरिसकेका छन् । सुप्रिया र शविको भने यो डेब्यू फिल्म हो ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको यो फिल्म श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भदौ १९ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मका निर्माता वसन्त लम्साल हुन् । गायक तथा संगीतकार समेत रहेका उनले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर फिल्म ‘कर्मा’ निर्माण गरेका थिए । ‘बाः एक योद्धा’ उनको दोस्रो निर्माण हो । 

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा निर्देशक लम्साल स्वयंको कथा तथा पटकथा लेखन रहेको छ । शिवराम श्रेष्ठले फिल्मको छायांकन गरेका हुन् । मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन् । फिल्मले सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूलाई प्रस्तुत गर्ने जनाइएको छ ।