Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युवापुस्ताको कथामा ‘ल्याङ्ग ल्याङ्ग’ बनाउँदै बलिराम

फिल्मीखबर, काठमाडौं, 2026/05/26

baliram chauhan

 

गत वर्ष प्रदर्शनमा आएको ‘द ब्लू लाइट’का लेखक तथा निर्देशक बलिराम चौहानले नयाँ फिल्मको घोषणा गरेका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत ‘ल्याङ्ग ल्याङ्ग’ शीर्षकमा फिल्म बनाउन लागेको जानकारी दिएका हुन् । उनले फिल्मको घोषणासँगै थिम पोस्टर पनि सार्वजनिक गरेका छन्, जसले कथावस्तुबारे संकेत गरेको छ । 

थिम पोस्टरमा सहरको कुनै पार्कमा ‘कलेज डेज’ लेखिएको स्टिकरसहितको झोला, झोलामा हेडसेट, बाफ उडिरहेको कफी, कफीको बट्टामा लभ साइन, दुईटा डायरी, पेन, बुके, जिन्सको आउटर, कालो चस्मा र एनालग क्यामेरा देख्न सकिन्छ । यी सबै कुरा हेर्दा फिल्मले संगीत, लेखन र फोटोग्राफीप्रति रुचि राख्ने एक जेनजी युवाको कथा भन्ने संकेत गर्छ । 

स्काइफल पिक्चर्सको प्रस्तुतिमा बन्ने यस फिल्मको कथा बलिराम चौहान र उपश्री खतिवडाले लेखेका छन् । कलाकार, प्राविधिक र प्रदर्शन मितिबारे भने जानकारी गराइएको छैन । निर्देशक चौहानका अनुसार स्क्रिप्ट लेखन पूरा भएपछि कलाकार छनोट गरिनेछ । उनले फिल्मको दशैंअघि नै छायांकन सुरु गर्ने योजना रहेको जानकारी दिए । 

कान्तिपुर फिल्म एकेडेमीमा फिल्म मेकिङको अध्ययन गरेका बलिरामले ‘द ब्लू लाइट’बाट निर्देशनमा डेब्यू गर्नुअघि फिल्म ‘बलिदान’मा मुख्य सहायक निर्देशक र सह-लेखकको रूपमा काम गरेका थिए । उनले ‘मिस स्कारलेट’ नामक वेब सिरिज समेत निर्देशन गरेका छन् । ‘ल्याङ्ग ल्याङ्ग’ उनको दोस्रो निर्देशकीय फिल्म हुनेछ । 

Most Visited News (monthly)