Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रणवीर सिंहलाई कर्मचारी महासंघले लगायो प्रतिबन्ध

फिल्मीखबर, काठमाडौं, 2026/05/26

Ranveer Singh 'banned' by film workers' body over Don 3 exit? Here's what  happened

 

बलिउड अभिनेता रणवीर सिंहलाई भारतीय फिल्म उद्योगका प्राविधिकहरूको छाता संगठन ‘पश्चिम भारत चलचित्र कर्मचारी महासंघ’ (एफडब्लूआईसीई)ले प्रतिबन्ध लगाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराइएको हो । केही साताअघि महासंघमा ‘डन ३’का निर्माता तथा निर्देशक फरहान अख्तरले रणवीरविरुद्ध उजुरी दिएका थिए ।

खासमा फरहान र रणवीरबीचको विवादको मुख्य कारण ‘डन ३’ हो । ‘धुरन्धर’ सफल भएपछि रणवीरले उक्त फिल्मबाट बाहिरिने निर्णय गरेका थिए । यसपछि फरहानले महासंघमा रणवीरविरुद्ध उजुरी दिँदै ४५ करोड रुपैयाँ क्षतिपूर्तिको माग गरेका थिए । उनको उजुरीपछि कर्मचारी महासंघले तीनपटक रणवीरलाई छलफलमा आउन आग्रह गर्दा पनि उनी सम्पर्कमा नै आएनन् ।

महासंघका अध्यक्षका अनुसार रणवीरलाई २२ अप्रिल, ३० अप्रिल र १३ मे २०२६ मा स्मरणपत्र पठाइएको थियो । रणवीरको तर्फबाट आएको जवाफमा उजुरीकर्ताका समस्याको समाधानका लागि कर्मचारी महासंघ उपयुक्त मञ्च नभएको उल्लेख गरिएको थियो । रणवीरका अनुसार यो समस्या समाधानका लागि निर्माताले कानुनी मञ्च वा अदालतको सहारा लिनुपर्ने हुन्छ । 

 

ranveer singh


निर्देशक फरहानले सन् २०२३ मा रणवीरलाई मुख्य भूमिकामा लिँदै ‘डन ३’को निर्माण घोषणा गरेका थिए । तर, ‘धुरन्धर’ सफल भएपछि उनले अचानक ‘डन ३’बाट हात झिक्दा फरहानलाई आर्थिक रूपमा ठूलो नोक्सान भएको थियो । यसपछि उनले क्षतिपूर्तिको माग गर्दै विभिन्न संस्थामा रणवीरविरुद्ध उजुरी दर्ता गरेका थिए ।

फरहान र रणवीरबीचको विवाद मिलाउन एकपटक अभिनेता आमिर खानले समेत मध्यस्थताको प्रयास गरेका थिए । त्यसबाट सहमति हुन नसकेपछि निर्माताहरूको संस्था ‘प्रोड्युसर्स गिल्ड अफ इन्डिया’ले उनीहरूलाई मिलापत्रका लागि समय दिएको थियो । तर, सो प्रयास पनि असफल रह्यो । यससँगै रणवीर र फरहानबीचको विवाद झन् गहिरिँदै गएको देखिन्छ ।

Most Visited News (monthly)