Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आँचलको फिल्मभन्दा सुरक्षाको फिल्मको कमाइ ५ गुणाले बढी

फिल्मीखबर, काठमाडौं, 2026/05/25

six movie

 

गत जेठ १ गते अभिनेत्री द्वय आँचल शर्मा र सुरक्षा पन्तको फिल्म बक्स अफिसमा ‘क्ल्यास’ भएका थिए । सो दिन रिलिज भएका फिल्महरूमा आँचलको ‘एक मुठ्ठी बादल’ र सुरक्षाको ‘लाइफ ड्यामेज’ रहेका थिए । सोमबार यी दुवै फिल्मको कमाइ विवरण सार्वजनिक भएको छ, जसमा ‘लाइफ ड्यामेज’को ग्रस कमाइ ‘एक मुठ्ठी बादल’को भन्दा ५ गुणाले बढी देखिएको छ ।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार ‘लाइफ ड्यामेज’ले ९ दिनमा २८ लाख ४६ हजार १७० रुपैयाँ ग्रस कमाएको छ । यो अवधिमा फिल्मका ९ हजार २४१ वटा टिकट बिक्री भएका छन् । ‘एक मुठ्ठी बादल’ले भने गत शनिबारसम्म ५ लाख २१ हजार ८२५ रुपैयाँ मात्र ग्रस कमाइ गरेको देखिन्छ । यो कमाइ १ हजार ५०१ वटा टिकट बिक्रीबापत भएको हो ।

यी दुई फिल्मसँगै बोर्डले ‘लालीबजार’, ‘परालको आगो’, ‘मालती मंगले’ र ‘गुरु आमा’को ९ जेठसम्मको कमाइ विवरण पनि सार्वजनिक गरेको छ । जसअनुसार ‘लालीबजार’को ५ करोड ७६ लाख ३९ हजार रुपैयाँ, ‘परालको आगो’को ४ करोड २७ लाख ५३ हजार रुपैयाँ, ‘मालती मंगले’को ५१ लाख ६३ हजार रुपैयाँ र ‘गुरु आमा’को २९ लाख ४२ हजार रुपैयाँ ग्रस कमाइ रहेको छ ।

यसरी हेर्दा वैशाखदेखि जेठ १ गतेसम्म रिलिज भएका फिल्महरूमा कमाइका हिसाबले ‘लालीबजार’ शीर्षस्थानमा देखिएको छ । दोस्रोमा ‘परालको आगो’, तेस्रोमा ‘पहाड’ (६३ लाख), चौथोमा ‘मालती मंगले’, पाँचौमा ‘गुरु आमा’, छैटौंमा ‘लाइफ ड्यामेज’ र सातौंमा ‘एक मुठ्ठी बादल’ रहेका छन् । यसमध्ये व्यावसायिक सफलता भने ‘लालीबजार’ले मात्र हासिल गरेको छ ।

Most Visited News (monthly)