मिति : २०८१ वैशाख ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नाङ्गो गाउँ’ अमेरिका र क्यानडाको २२ बढी राज्यमा लाग्ने

फिल्मीखबर, काठमाडौं, 2023/05/31

nango gau

 

आगामी भदौ २९ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘नाङ्गो गाउँ’ स्टारकास्टका कारण चर्चामा छ । ब्लकबस्टर फिल्म ‘कबड्डी ४’ र ‘जारी’को जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्ममा साम्राज्ञी आरएल शाह र कार्मको पनि अभिनय छ । ‘छ माया छपक्कै र दुई नम्बरी’ जस्तो सफल फिल्म दिएका दीपेन्द्र लामाको निर्देशन रहेकाले फिल्मप्रति अपेक्षा पनि उच्च छ ।

टिमप्रतिको विश्वासका कारण छायांकनको चरणदेखि नै फिल्मको ओभरसिज राइट्स विक्री हुन थालेको थियो । यसैक्रममा, नेपाल इलेभेनले फिल्मको अमेरिका र क्यानडाको राइट्स लिएको छ । अमेरिका र क्यानडाको २२ बढी राज्यका ५० बढी शहरमा फिल्म प्रदर्शन हुने नेपाल इलेभेनका प्याट्रिक सुवेदीले बताए । अमेरिकामा मात्रै ४ सय बढी शोजको टुंगो लागिसकेको उनको दाबी छ ।

निर्देशक लामा स्वयंको लेखन रहेको फिल्ममा शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, पुष्कर गुरुङ, राज थापा, कमलमणि नेपाल, घनुभाई जोशी, निमा पाण्डेलगायतको पनि अभिनय छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठ निर्मातामा छन् । आलोक शुक्लाको छायांकन रहेको फिल्मलाई बनिष शाहले सम्पादन गरिरहेका छन् ।

दयाहाङ र मिरुनाको जोडीका कारण विदेशमा ‘नाङ्गो गाउँ’को माग चर्किएको देखिन्छ । यही अवस्था रहे फिल्मले प्रदर्शनभन्दा अगाडि नै लगानी सुरक्षित गर्न सक्नेछ । राजनीतिले समाजमा पारेको प्रभावको कथामा निर्माण भएको फिल्ममा दयाहाङ नेताको भूमिकामा छन् । निर्देशक लामाले फिल्ममा सामाजिक कथावस्तुलाई निकै बलियो तरिकाले प्रस्तुत गरिएको दाबी गरेका छन् ।