मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपशिखालाई किन चल्नैपर्छ ‘प्रेमलिला’ ?

फिल्मीखबर, काठमाण्डौ, 2019/03/05
विभिन्न कारणले पटक-पटक प्रदर्शन मिति सरेर अब चैत ८ गतेबाट प्रदर्शनका लागि तमतयार रहेको फिल्म ‘प्रेमलिला’ लाई अभिनेत्री दीपशिखा खड्काले निर्माण गरेकी हुन् । उनी स्वयं फिल्ममा फिमेल लिड रोलमा छिन् । आधाउधी छायांकन नसकिँदै निर्देशक जनक पाण्डे बेपत्ता भएपछि फिल्मको बाँकी भागको निर्देशन पनि दीपशिखा आफैंले गरेकी हुन् । तर, न जनक न त उनको नाम नै निर्देशकमा छ । 
 
यो फिल्म दीपशिखाका लागि बक्सअफिसमा हिट साबित हुन अत्यन्त आवश्यक छ । केही फिल्ममा काम गरेर पनि 'लाइमलाइट' मा आउन नसकेकी उनलाई अब यही फिल्ममाथि ठूलो आशा र भरोसा छ । यस फिल्मको नतिजाले नै उनको आगामी फिल्म करिअरको खाका कोर्नेछ भन्दा गलत नहोला । यो फिल्म चलेको खण्डमा उनलाई अभिनेत्रीको रुपमा नेपाली फिल्ममा आफूलाई अगाडि बढाउन सहज हुनेछ । 
 
 
उनले चरित्रमा डुब्न फिल्ममा आफ्नो लोभलाग्दो कपाल ५ पटक तिलाञ्जली दिएकी थिइन् । उनी कथाको माग अनुसार नै कपाल मुण्डन गरेको बताउँछिन् । फिल्मको कथा पनि उनी स्वयंको हो । भारतका एक यूवक र नेपाली युवतीबीचको प्रेमकथा वाचन गर्ने फिल्मको गीत र ट्रेलर इन्टरनेट रिलिज भइसकेको छ । अब दीपशिखा दर्शक प्रतिक्रिया बुझ्न आतुर छिन् । उनी दर्शकले फिल्म रुचाउनेमा विश्वस्त छिन् । 
 
उनी फिल्मकी निर्मात्री भएका कारण पनि ‘प्रेमलिला’ ले घरेलु बजारमा राम्रो पैसा छाप्न जरुरी छ । किनकि, उनले यो फिल्म निर्माणका लागि सुनका गरगहनादेखि गाडीसम्म बेचेकी छन् । निर्देशक पाण्डेको पनि आधा लगानी रहने सम्झौता भएता पनि आधा छायांकन पूरा नहुँदै उनी सम्पर्कविहीन भएपछि दीपशिखाले जोरजाम गरेर यो फिल्मको छायांकन पूरा गरेकी थिइन् । यसमा उनकी दिदी नानीमैयाँ कार्कीको पनि लगानी छ । 
 
पबन गौतमको छायांकन रहेको फिल्ममा दीपशिखाका अलावा भारतीय मोडल अली खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको पनि अभिनय छ । चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मको 'मिस गरेँ' गीत अहिले चर्चामा छ । फैजिल फिल्म्सको ब्यानरमा यो फिल्म बनेको हो ।