मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘भिलेन’ मा निखिलको यस्तो लुक्स

फिल्मीखबर, काठमाण्डौ, 2018/11/06
एक्सन स्टार निखिल उप्रेती अभिनीत फिल्म ‘भिलेन’ को फर्स्टलुक पोस्टर रिलिज भएको छ । पोस्टरमार्फत उनको चरित्र प्रस्ट्याउन खोजिएको छ । आँखामा रातो चस्मा र निधारमा रातो टिका लगाएका उनको लामो जुँगा देख्न सकिन्छ । पोस्टरले नै फिल्म एक्सन प्रधान रहेको बोल्छ । 
 
 
अभिनेता उप्रेती गत वर्ष प्रदर्शनमा आएको फिल्म 'पिंजडा ब्याक अगेन' पछि पुनः पर्दामा फर्किएका हुन् । फर्स्टलुक पोस्टरसँगै फिल्मको आधिकारिक प्रदर्शन मिति पनि तय गरिएको छ । देवेन्द्र पाण्डे निर्देशित ‘भिलेन’ पुष २७ मा आउने भएको छ । 
 
द ग्लोबल पिक्चर प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको फिल्मलाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । फिल्ममा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सह-निर्मातामा छन् । 
 
निखिलका अलावा फिल्ममा शिल्पा पोख्रेल, निशा अधिकारी र कपिल खत्री पनि प्रमुख भूमिकामा छन् । फिल्ममा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व छ ।