मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जान्नुहोस्, ‘बक्सअफिस’ भनेको के हो ?

फिल्मीखबर, काठमाडौं, 2018/02/03
 
लामो समयको चर्चा र बहसपछि अन्ततः नेपालमा वर्ष २०७५ बैशाख १ गतेबाट ‘बक्सअफिस’ लागू हुँदैछ । नेपाल सरकारको मातहतमा रहेको चलचित्र विकास बोर्डमा नियूक्त भएका धेरै अध्यक्षले ‘बक्सअफिस’ लाई नारामा मात्र सिमित गरे । सञ्चार मन्त्रालयले ‘बक्सअफिस’ का लागि आवश्यक पर्ने बजेट छुट्याएपनि त्यो कार्यान्वयन हुन सकेको थिएन । 
 
बाम गठबन्धनले बहुमत पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले हतारहतार गर्दै बोर्ड अध्यक्षमा निकिता पौडेललाई नियूक्त गरे । लाखौं पैसा चढाएर निकिता बोर्ड अध्यक्षमा नियूक्त भएको चर्चा पनि भयो । अझै पनि उनी विवादको घेरामा नै उभिएकी छिन् । तर, बोर्ड अध्यक्षको कुर्सीमा बसेको धेरै दिन पनि नवित्दै उनले प्रशंसनिय काम गरेकी छिन् । 
 
भारतमा नेपाली कलाकारलाई प्रशिक्षणका लागि पठाउनेदेखि ‘बक्सअफिस’ वर्ष २०७५ बाट लागू गर्ने निर्णयलाई चलचित्रकर्मीले खुलेरै स्वागत गरेका छन् । नेपालमा वर्षौदेखि बहसमा मात्र सिमित भएको ‘बक्सअफिस’ को विषयमा आजहामी चर्चा गर्दैछौ । 
 
‘बक्सअफिस’ को व्यवस्था नहुँदा नेपाल सरकारलाई समेत कर अत्यन्तै न्यून मात्रामा उठेको छ । सरकारलाई नेपाली फिल्मले प्रदर्शन बापत प्रत्येक टिकट मूल्यको १३ प्रतिशत भ्याट तिर्छ भने विदेशीका हकमा चलचित्र विकास शुल्क शीर्षकमा थप १५ प्रतिशत पनि तिर्नुपर्ने नियम छ । तर, ‘बक्सअफिस’ लागू नभएकाले अधिकांश हलले टिकट बिक्रीमा कर छलिरहेका छन् । कारोबार पारदर्शी नहुँदा निर्मातादेखि सरकारसम्म ठगिइरहेका छन् ।
 
 
आखिर के हो ‘बक्सअफिस’ ? 
 
तपाई फिल्मी दुनियाँसँग नजिक हुनुहुन्छ भने फिल्म रिलिजदेखि कलेक्सन रिपोर्टसम्म त पक्कै ध्यान दिनुहुन्छ होला ? त्यसो भए तपाईले ‘बक्सअफिस’ नामको शब्दसँग धेरै पटक साक्षात्कार गर्नुभएको छ ।
 
तर, के कहिले यो जान्ने कोशिश गर्नुभयो आखिर यो ‘बक्सअफिस’ भनेको के हो ? वा ‘बक्सअफिस’ शब्दसँग फिल्म कलेक्सन किन जोडिएको छ ? यदी तपाईहरु यो कुराबाट अनविज्ञ हुनुहुन्छ भने, यो आर्टिकल तपाईहरुकै लागि हो । 
 
फिल्मको सफलता नाप्ने सर्वमान्य तरिका हो ‘बक्सअफिस’ । फिल्मले कति पैसा कमायो भन्ने यसबाट निर्माताले सजिलै थाहा पाउन सक्छन् । ‘बक्सअफिस’ सिस्टम जडान हुँदा वितरकले चुरोटको खोलमा दिने फिल्मको हिसाब-किताबबाट निर्माताले छुटकारा पाउने छन् । 
 
‘बक्सअफिस’ शब्दको प्रयोग फिल्म र थिएटरको विजनेशका लागि हुने गर्छ । ‘बक्सअफिस’ वा ‘टिकट अफिस’, त्यो ठाउँलाई भन्छिन्, जहाँबाट सिनेमा हल वा थिएटरमा पस्नका लागि टिकट आवश्यक पर्छ । त्यही टिकटको बिक्रीको आधारमा ‘बक्सअफिस’ को कमाई निर्धारण हुन्छ । 
 
प्रत्येक सिंगल र मल्टिप्लेक्स हलमा कम्प्युटरजडिन भएपछि सबै तथ्यांक एउटै सर्भर र सफ्टवेयरमा आउने गर्छ । यसो हुँदा निर्माताले आफ्नो फिल्मको कलेक्सन जुनसुकै बेला एकै ठाउँबाट हेर्न सक्नेछन् । नेपालमा सुविधासम्पन्न मल्टिप्लेक्सले आफ्नै किसिमले कम्प्युटरजडित बक्स अफिस सञ्चालन गरिरहेका छन् । तर, सिंगल थिएटरमा यो प्रयोगमा छैन । 
 
‘बक्सअफिस’ सर्भरको पहुँच चलचित्र विकास बोर्ड, निर्माता, हल सञ्चालक, वितरक र कर कार्यालयमा हुनेछ ।
 
 
‘बक्सअफिस’ को सुरुवात ? 
 
यो टर्मको आधिकारिक पहिचान क्वीन एलिजाबेथको समयका थिएटरको क्रममा भएको मानिन्छ । त्यसबेला थिएटरमा इन्ट्री निःशुल्क हुने गर्थ्यो । तर, थिएटर विश्वभर जाने भएका कारण पैसा भएका व्यक्तिका लागि विशेष तयारी हुन थाल्यो । त्यसबेला बक्स आकारको सिट र उक्त सिटको बुकिङ अफिसबाट हुने गर्दथ्यो । जसलाई जोडेर ‘बक्सअफिस’ नाम राखिएको इतिहासमा उल्लेख छ ।  
 
‘बक्सअफिस बोम्ब’ ?
 
खासमा, ‘बक्सअफिस बोम्ब’ शब्द त्यो फिल्मका लागि प्रयोग हुन्छ, जसले ‘बक्सअफिस’ मा राम्रो पैसा बटुल्न सक्दैनन् । यसलाई फ्लप फिल्म पनि भन्ने गरिन्छ । 
 
‘विक्ली बक्सअफिस’ ?
 
‘विक्ली बक्सअफिस’ फिल्मको रिलिज डेट (शुक्रवार) बाट बिहीवारसम्मको कमाईलाई भन्ने गरिन्छ । किनकी, प्रायः फिल्म शुक्रवार रिलिज हुने गर्दछन् । 
 
‘विकेन्ड बक्सअफिस’ ? 
 
फिल्मको शुक्रवारदेखि आइतवारसम्मको कलेक्सनलाई ‘विकेन्ड बक्सअफिस’ भन्ने गरिन्छ । किनकी, थिएटर्समा यी दिनमा दर्शकको संख्या अन्य दिनको तुलनामा बढी हुने गर्छ । रिलिज भएको विकेन्डलाई ‘ओपनिङ विकेन्ड’ पनि भन्ने गरिन्छ ।