मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमेरिकामा खुल्यो ‘डिग्री माइला’को बुकिङ, ६० हजारले हेर्ने अपेक्षा

फिल्मीखबर, काठमाडौं, 2024/04/07

digri maila

 

नयाँ वर्षको साइत पारेर यही चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डिग्री माइला’को नेपालभन्दा अगाडि नै अमेरिकामा बुकिङ खुलेको छ । अन्तर्राष्ट्रिय वितरण अधिकार खरिद गरेको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले आइतबार एक विज्ञप्ति जारी गर्दै डलास, लस एन्जलस, सन फ्रान्सिस्को, शिकागो, बोस्टन लगायतका विभिन्न सहरमा फिल्मको बुकिङ खुलेको जनाएको छ ।

११ अप्रिलमा अभिनेता बुद्धि तामाङको उपस्थितिमा लेकवुडको स्टारलाइट सिनेमा घरमा फिल्मको प्रिमियर हुँदैछ । १२ अप्रिलबाट भने अमेरिकाको लस एन्जलससहित १० सहरमा फिल्म रिलिज हुने सेभेन सिजले जानकारी गराएको छ । त्यसैगरी, १९ अप्रिलबाट सन फ्रान्सिस्कोसहित २० बढी सहर र अप्रिल २६ देखि डेनभर कोलोराडो तथा एरिजोनामा फिल्म प्रदर्शनको तयारी गरिएको छ ।

अप्रिल र मेको पहिलो सातासम्म अमेरिकामा करिब ७ सय शोसहित ४ हप्ताको प्रदर्शनमा ४० देखि ६० हजार नेपालीले फिल्म हेर्ने अपेक्षा वितरक कम्पनी सेभेज सिजको छ । अमेरिकाका ४० बढी थिएटरमा फिल्म दैनिक लाग्नेछ । कलाकार तामाङले अमेरिका बसाईको क्रममा लस एजलस, डलास, ओहायो, पेन्सिलभेनया तथा न्यूयोर्कमा आयोजना हुने प्रिमियरमा सहभागिता जनाउनेछन् ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, आँचल शर्मा, प्रकाश घिमिरे, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ लगायतको अभिनय छ । नेपालमा फिल्मको बुकिङ सोमबार वा मंगलबारसम्ममा खुल्ने देखिन्छ । एकातिर ‘कबड्डी’ समूहको फिल्म र अर्कोतिर टिजर/ट्रेलरपछि चुलिएको चर्चा हेर्दा फिल्मले बक्स अफिसमा आक्रामक व्यापार गर्न सक्ने देखिन्छ ।