मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अशोक दर्जीलाई लिएर फिल्म बनाउँदै टंक

फिल्मीखबर, काठमाडौं, 2024/04/17

tanka budathoki

 

गायक तथा संगीतकार टंक बुढाथोकीको करिअरको ‘टर्निङ पोइन्ट’ मानिन्छ, ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ गीत । ६ वर्ष अगाडि रिलिज भएको यो गीतले ठूलो ख्याति कमाएको थियो । अब यही गीतको नाममाथि टंकले फिल्म बनाउने भएका छन् । बुधबार लेखक शिवम् अधिकारीले उनलाई स्क्रिप्ट हस्तान्तरण गरे । बर्खायाम (असार) अगाडि नै छायांकनको तयारी गरिएको छ ।

फिल्मलाई टंक आफैंले निर्देशनको योजना बनाएका छन् । उनले फिल्मीखबरसँगको कुराकानीमा भने, ‘अहिलेलाई कसले निर्देशन गर्ने भन्ने निश्चित भएको छैन । हामीसँग मिल्ने कोही आउनुभयो भने निर्देशनमा जोडिन सक्नुहुनेछ । नभए मेरो आफ्नै अनुभवलाई निर्देशनमा उतार्ने योजना बनाएको छु ।’ ‘मनबिनाको धन ठूलो कि...’ गीतको भिडियोलाई पनि उनी आफैंले निर्देशन गरेका थिए ।

उक्त गीतमा टंक र अशोक दर्जीको गायन थियो । अशोकको यो पहिलो गीत समेत हो । त्यसबेला उनी सानै थिए । अहिले हर्लक्क बढेका छन् । यसैले फिल्ममा अशोकलाई नै खेलाउने तयारीमा टंक छन् । उनले भने, ‘फिल्ममा अशोक त अवश्य हुन्छ । मुख्य पात्रमध्ये ऊ पनि एक हो ।’ निम्न वर्गीय परिवारमा जन्मिएका अशोक जब चर्चामा आए, त्यसबेलादेखि उनी टंककै संरक्षणमा छन् ।

लामो समयदेखि आफूमाथि लागेको विभिन्न आरोपको उत्तर पनि फिल्मले दिने उनको भनाई छ । ‘मैले देखाउनुपर्ने र भोगेका कयौं कुराहरु छन् । केही आरोपहरु मैले अहिलेसम्म पनि खेपिरहेको छु । त्यो आरोपको उत्तर पनि फिल्ममा आउनेछ । त्यही हिसाबले म अगाडि बढिरहेको छु,’ उनी सुनिए । यो फिल्म निर्माणमा टंकलाई लण्डन निवासी एनआरएन विनय अधिकारीले साथ दिनेछन् ।