मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘दान्भी’ले मैदान छाडेको हो ?

फिल्मीखबर, काठमाडौं, 2024/04/26

Pooja Sharma

 

आगामी जेठ १० गते बक्स अफिसमा ठूलो टकराव हुँदैछ । बुद्ध जयन्तीको सार्वजनिक विदा छाप्न तीन फिल्म ‘पूजार सार्की’, ‘फर्की फर्की’ र ‘दान्भी’ले एउटै मिति रोजेका छन् । र, यी तीनवटै फिल्ममा स्टार कलाकार छन् । ‘पूजार सार्की’मा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको छ भने ‘फर्की फर्की’मा अनमोल केसी छन् । ‘दान्भी’मा पूजा शर्मा केन्द्रीय भूमिकामा छिन् ।

तीन फिल्ममध्ये ‘पूजार सार्की’ र ‘फर्की फर्की’ले प्रचारलाई चुस्त बनाएका छन् । ‘दान्भी’को टिम भने मौन देखिएको छ । रिलिजका लागि एक महिना पनि बाँकी नहुँदा फिल्मको पोस्टरबाहेक अरु सामाग्री सार्वजनिक गरिएको छैन । न त प्रचारमै कलाकार हिँडेका छन् । पूजा नै यतिबेला सर्लाहीमा ‘रावायण’को छायांकनमा व्यस्त छिन् । जसले गर्दा ‘दान्भी’ले मैदान छाडेको चर्चा चलिरहेको छ ।

खासमा ‘फर्की फर्की’सँग भिड्ने गरी फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो । यसको पछाडि पूजा र अनमोलबीचको टसल मुख्य कारण हो । अनमोलले पूजाको एउटा फिल्म सम्झौता गरेर पछि छाडेका थिए । त्यही प्रतिशोध साँध्न पूजाको दबाबमा ‘फर्की फर्की’सँग ‘दान्भी’ भिडाउने रणनीति बनेको थियो । पछि जेठ १० मै ‘पूजार सार्की’ आउने भएपछि समीकरण बदलिएको मानिन्छ ।

पूजाले यतिबेला पलसँग ‘रावायण’मा काम गरिरहेकी छन् । सम्भवतः दशैंपछि प्रदीपसँग निर्देशक सुदर्शन थापाको एउटा फिल्ममा पनि काम गर्दैछिन् । यसैले पूजाले आफ्नै हिरोसँग भिड्न इच्छा नदेखाएपछि ‘दान्भी’ पोस्टपोन्ड गरिएको चर्चा छ । यद्यपि, यसको पुष्टि भइसकेको छैन । तत्काल नहोला पनि । किनकि, भिडन्तको चर्चाले फिल्मको सित्तैमा प्रचार भैरहेको छ । अरु के चाहियो र !