मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हलमा लाग्यो ‘बोक्सीको घर’, सुखद ओपनिङको संकेत

फिल्मीखबर, काठमाडौं, 2024/04/26

Keki Adhikari

 

अभिनयमा पारंगत मानिएकी अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय रहेको फिल्म ‘बोक्सीको घर’ले शुक्रबारबाट सार्वजनिक प्रदर्शन सुरु गरेको छ । बलिउडको ‘रुस्लान’बाहेक अरु ठूला विदेशी फिल्म नहुँदा मल्टीप्लेक्सहरुमा उच्च शोज पाएको फिल्मले सुखद ओपनिङको संकेत गरेको छ । क्यूएफएक्स चेनसहित काठमाडौंका केही मल्टीप्लेक्समा फिल्मको बुकिङ राम्रो देखिएको छ ।

ट्रेलर र ‘बुझिनँ मैले’ गीतका कारण चर्चामा रहेको फिल्मले बुधबार साँझ काठमाडौंमा आयोजना गरिएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको थियो । प्रिमियरमा फिल्म हेर्ने धेरैजसोले आफ्नो सामाजिक सञ्जालमा समेत प्रशंसाको शब्द कोरेका छन् । यसको प्रभाव व्यापारमा देखिन सक्ने प्रक्षेपण गरिएको छ । ‘बुझिनँ मैले’ गीतको लोकप्रियताको फाइदा पनि फिल्मलाई हुनसक्छ ।

फिल्ममा अभिनेत्री केकी अधिकारी र बाल कलाकार सुपला सापकोटा केन्द्रीय भूमिकामा छन् । सुपलाले केकीको बाल्यकालको भूमिका निभाएकी छन् । प्रिमियरमा उनको अभिनयको तारिफ भएको थियो । केकीले भने कथित बोक्सीको भूमिकामा अभिनय गरेकी छन् । उनले चरित्र निर्माणमा गरेको मिहिनेत पर्दामा देखिन्छ । फिल्मलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् ।

केकी र सुपलासहित रमा थपलिया, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय रहेको फिल्ममा बद्री अधिकारी निर्माता तथा राज घिमिरे कार्यकारी निर्मातामा छन् । फिल्ममा निर्देशक भारती स्वयंको लेखन छ भने उनले केकीको श्रीमानको भूमिकामा समेत अभिनय गरेका छन् । करिब ८ वर्ष अगाडि मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित भएर फिल्म बनेको हो ।