मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

पूर्वेली दर्शक भेट्न निस्किए दयाहाङ, आँचल र विजय

फिल्मीखबर, काठमाडौं, 2024/04/16

Aanchal-Dayahang-Bijay

 

नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’ले सुरुवातको दुई दिन आक्रामक व्यापार गर्‍यो । विशेषगरी नयाँ वर्षमा फिल्मको व्यापारमा उछाल देखिएको थियो । आइतबारबाट कामकाजी दिन सुरु भएकाले व्यापारमा केही ह्रास आएको छ । यद्यपि, प्राप्त शोजमा अकुपेन्सी सुखद् देखिन्छ । बुधबार राम नवमीको विदा भएकाले फिल्मको व्यापारमा फाइदा पुग्न सक्नेछ ।

यसैबीच, फिल्मको टिम दर्शक भेट्ने उद्देश्यले पूर्व प्रस्थान गरेको छ । तीन प्रमुख कलाकारहरु दयाहाङ राई, आँचल शर्मा, विजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेलको टिम मंगलबार त्यसतर्फ निस्किएको हो । उनीहरुले विराटनगर, विर्तामोड, इटहरी र धरानका हलमा पुगेर दर्शक भेट्नेछन् । कलाकारको उपस्थितिले पूर्वमा फिल्मको व्यापार थप बढ्ने निर्माण टिमको विश्वास छ ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्मले एक शिक्षित बेरोजगारको कथा भन्छ, जसलाई आफूप्रति अहंकार र घमण्ड छ । यो कथामाथि यसअघि नाटक समेत बनेको थियो । फिल्ममा माओत्से गुरुङ, प्रकाश घिमिरे, कमलमणि नेपाल, बुद्धि तामाङ, अनिल सुब्बालगायतको पनि अभिनय छ । फिल्मको निर्मातामा विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार र सुष्मा गुरुङ छन् ।